काठमाडौँ :- साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा उछाल आएको छ । मंगलबार नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० विन्दुमा उक्लिएको छ।
आज २० अर्ब ८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका कम्पनीमध्ये २३६ को सेयर मूल्य बढेको छ भने १४ को घटेको छ ।
आज सबैभन्दा धेरै ट्रेड टावर लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।




