ट्रेन्डिङ

पर्साबाट फरार प्रतिवादी पक्राउ

बाढीपीडितको खोजी तथा उद्धार जारी, शव पहिचानका लागि डीएनए परीक्षणलाई प्राथमिकता

भोटेकोशी बाढीपीडित भेट्न प्रचण्ड र माधव नेपाल प्रभावित क्षेत्रमा जाने

भोटेकोशी बाढीका मृतकप्रति श्रद्धाञ्जली, आज देशभर राष्ट्रिय शोक

एकदिवसीय श्रृङ्खलामा नेपाल ‘ए’को क्लिन स्वीप हार, अन्तिम खेलमा पनि न्युजिल्यान्डसँग पराजय

गण्डकको क्यासिनोमा प्रहरीको छापा, नेपालीलाई जुवा खेलाउने ८ जना पक्राउ

शिक्षण अस्पतालमा भोटेकोशी बाढीका ५९ शव अझै बाँकी

वैकल्पिक बाटोबाट तीन दिनमै काठमाडौं आयो ८७ हजार ८७७ सिलिण्डर ग्यास

आन्दोलनबाट प्राप्त उपलब्धिलाई जनताको जीवनमा देखिने परिवर्तनमा बदल्नुपर्छ : मन्त्री लम्साल

भोटेकोशी बाढीको पीडा: १,३४१ शव फेला, हजारौँ अझै सम्पर्कविहीन

पर्सामा कार चेकजाँच गर्दा ११४ किलो गाँजा बरामद

विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

मानव बेचबिखनमुक्त समाजका लागि संयुक्त प्रयास आवश्यक : प्रधानमन्त्री शाह

सुनको मूल्यमा २ हजार ५ सय रुपैयाँको वृद्धि

दुई जनाको जीवित उद्धारले बढायो आशा, सबै सुरुङमा उद्धार कार्य जारी

सञ्जय र कविरको सकुशल उद्धार, छाउनी सैनिक अस्पतालमा उपचार हुँदै

भदौ २३ मा सार्वजनिक बिदा दिने सरकारको निर्णय

प्राकृतिक विपद्मा सरकारसँग सहकार्य गर्ने रास्वपाको प्रतिबद्धता

चापाकोटका वडाध्यक्षमाथि मोबिल छ्यापेको आरोपमा थापा मगर पक्राउ

सुनचाँदीको मूल्य बढ्यो, सुन ३ लाख नाघ्यो

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

कांग्रेसको कार्यसम्पादन समिति बैठक बोलाइयो, यी विषयमा हुँदैछ छलफल

नेप्सेमा हरियाली, कारोबार रकम बढेर २.९३ अर्ब

सामाजिक सञ्जालमा मात्र सरकार देखियो, जमिनमा उद्धार कमजोर : पौडेल

भाडामा घर वा कोठा खोज्ने झन्झट अब सकियो—‘ईभाडा’ (eBhada)

अस्पतालको नाम लेखिएको भ्यानमा ६० किलो गाँजा

कृष्णभीरपछि नागढुङ्गा–नौबिसे सडक पनि भासियो

भोटेकोशी बाढी : मृतकप्रति श्रद्धाञ्जली दिन संसद्मा विशेष प्रस्ताव

फ्ल्यास फ्लड प्रभावितका लागि एमएडब्लु ग्रुपको १ करोड ११ लाख सहयोग

६ दिनको गिरावटपछि हरियो बन्यो सेयर बजार

विपद् प्रभावितलाई सहयोग गर्न सभामुख अर्यालको एक महिनाको पारिश्रमिक योगदान

हेटौंडामा राप्ती खोलाले बगाउँदा एक जनाको मृत्यु

विपद् राहतका लागि ह्वासिया इन्भेस्टमेन्टको २० लाख सहयोग

जलवायु न्यायलाई नेपालको अधिकारका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउँछौँ : मन्त्री चौधरी

राष्ट्रपति पौडेललाई रवि लामिछानेले दिए बाढी प्रभावित क्षेत्रको ब्रिफिङ

ओलीद्वारा रसुवा पीडितका लागि १ करोड २० लाख जुटाउने घोषणा

भोटेकोशी बाढी: राहत कोषमा बाबुराम भट्टराईले जम्मा गरे १ लाख

भोटेकोशी बाढीपीडितका लागि चीन सरकारको २० लाख डलर सहयोग

भोटेकोशी बाढीपछि खोजी–उद्धार र राहतबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीको ब्रिफिङ

ड्रोनसहित सुरुङको अन्तिम बिन्दुसम्म खोजी, भेटिएनन् मानिस

बाढीपीडितका लागि श्रम संस्कृति पार्टीले १५ लाख सहयोग गर्ने

बाढी प्रभावित क्षेत्रमा ‘फोटो खिच्न’ नजान रास्वपाको सांसदलाई निर्देशन

परिवार साथमा नभएका बाढीपीडित घाइतेको हेरचाहमा महानगरले केयरटेकर खटाउने

रसुवा–नुवाकोटसहित बाढी प्रभावित चार जिल्लाका लागि वाग्मती सरकारले ३ करोड दिने

त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि ६ सदस्यीय चिनियाँ टोली घटनास्थलमा

बाढीको विपद्पछि परराष्ट्रमन्त्री खनाल विदेश भ्रमणमा नजाने

लेदो हटाएपछि काठमाडौँ–मुग्लिन सडकमा यातायात सुचारु

नुवाकोटमा बाढीको कहर : ५१ शव फेला, ४०५ जना अझै बेपत्ता

त्रिशूली किनारमा भेटिएको सेफ तोडफोड गरी नगद निकाल्ने २९ जना प्रहरी नियन्त्रणमा

पोखरामा बाढीमा मृत्यु भएकाहरूको शव पहिचान गरिँदै

बाढीमा ५३८ जनाको मृत्यु पुष्टि, ५१७ विदेशी नागरिक सम्पर्कविहीन

भोटेकोशी बाढीपछि उद्धार कोषमा बढ्यो सहयोग, ३६ घण्टामा पौने २ अर्ब

रसुवा बाढीपीडितका लागि वडा अध्यक्ष घिमिरेले दिए ५२ हजार

केरुङको बाढीपहिरो प्रभावित क्षेत्रको चिनियाँ प्रधानमन्त्रीले गरे निरीक्षण

बाढी प्रभावितको उद्धार र राहतमा एनआरएनएले जुटायो ५ करोड

बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा गोर्खा ब्रुअरीको १० करोड

कर्णाली सरकारमा तीन नयाँ मन्त्री, पद तथा गोपनीयताको शपथ

विपद्पछि पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि १० बुँदे प्रस्ताव

प्रधानमन्त्री शाह नुवाकोटको विदुरमा, बाढी क्षतिको स्थलगत निरीक्षण

सीमावर्ती क्षेत्रमा बाढीपहिरो : बेपत्ताको खोजी गर्न सी जिनपिङको निर्देशन

रसुवामा बाढीपछि ३८४ पर्यटकको अवस्था अज्ञात

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र एपीएफ परिचालन

भोटेकोसी बाढीको प्रभाव नुवाकोटसम्म, त्रिशूली र बेत्रावती क्षेत्रमा क्षति

राहत बोकेर विकट बस्तीमा पुग्यो रोल्पाली चेली फाउन्डेसन, ५ सय महिलाले पाए निःशुल्क स्वास्थ्य सेवा

लुम्बिनीमा सत्ता साझेदारीअनुसार मन्त्रिपरिषद् हेरफेर

फ्रान्सको पोमासमा टोर्नाडो, १५ घाइते अस्पताल भर्ना

बजारमा बिक्री चाप, नेप्से २५९४ विन्दुमा

ड्युटीमा खटिएकी महिला प्रहरीलाई कुटपिट गरेको आरोपमा युवक पक्राउ

कोशी कटान नियन्त्रण गरी बराहधाम संरक्षण गरिने

आज संसद्मा विधेयक र अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल

मनसुनको प्रभाव बढ्यो, हिमालदेखि तराईसम्म वर्षाको सम्भावना

‘पारी बुटवल’को बाँकी छायांकनको तयारी तीव्र, तिहार आसपास प्रदर्शनको तयारी ।

मधेश सरकारले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण

सरकारप्रति जनताको विश्वास घट्दै गएको छ : अमरेशकुमार सिंह

प्रधानमन्त्री किन मुस्ताङ जानुभयो? हर्क साम्पाङको प्रश्न

रास्वपाको दुईदिने ‘नीति, संगठन र नेतृत्व’ मन्थन सुरु

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

पहिरो हटाएपछि बेनी–जोमसोम सडक एकतर्फी सञ्चालनमा

गरिमा चौधरी हत्या प्रकरणमा प्रचण्ड : ‘राज्य र न्याय प्रणालीमाथि गम्भीर प्रश्न’

रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत

दर्ता भएन देउवा पक्षको रिट

वागमतीका मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिँदै

पेटभित्र लुकाएर ल्याएको १५० ग्राम सुनजस्तो धातुसहित बंगलादेशी नागरिक पक्राउ

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

रास्वपामा ९ जना केन्द्रीय सदस्य मनोनीत, विभिन्न विभागको जिम्मेवारी पनि तोकियो

जेसीबी मेसिन रोडबाट तल खस्दा चालकको मृत्यु

११ जना फरार प्रतिवादी पक्राउ

बागमतीका मुख्यमन्त्री थापामगरले गरे ६ मन्त्री नियुक्त

लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध र गृहलक्ष्मीको इन्स्टलेसन तथा इन्डक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न

नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउनु हुँदैन: सेढाई

भारतीय प्रधानसेनापति धिरज सेठ नेपालमा

लागुऔषध मुद्दामा दोषी एक व्यक्ति पक्राउ

समाज बुझ्न र जनता सुन्न युवाहरूलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

बजारमा अनारको भाउ घट्यो

कम्युनिस्टको शक्ति क्षयीकरण भयो : महासचिव पोखरेल

कास्कीका किसानलाई दूध उत्पादनमा २ करोड २० लाख प्रोत्साहन अनुदान

नुवाकोटमा बस र ईभी भ्यान दुर्घटना, २ जनाको मृत्यु, ३ घाइते

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बिमाका लागि ओपिडी टिकट काउन्टर थप

स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई राष्ट्र निर्माणमा जोड्छौँ : मन्त्री यादव

देउवाको स्वदेश आगमनसँगै कांग्रेस एकताबद्ध हुने रमेश लेखकको विश्वास

बिपीको स्मरण औपचारिक कुरा मात्र हुनु हुँदैनः शेखर कोइराला

काठमाडौँ :- बिपी कोइरालाको नाम सम्झँदा मैले एकै पटक दुईवटा कुरा सम्झन्छु । एउटा उहाँ मेरो ठूलो बुबा हो र हाम्रो कोइराला परिवारलाई राम्रो संस्कार दिनुभएको छ । कोइराला परिवारको संस्कार ममा छ भन्न पाउँदा मलाई आजको दिनमा पनि गर्व लाग्छ । यो कुरा कोइरालाबाट आएको हो । उहाँको योगदानको फेरि अर्कै पाटो छ । त्यो कुनै बेलामा म चर्चा गरुँला । तर हामीलाई राजनीतिक र पारिवारिक संस्कार दिने कोही हो भने त्यो बिपी कोइराला नै हो ।

अर्को कुरा पनि छ, यो फेरि परिवारभित्रको योगदानको विषय मात्र हैन, हामी परिवारका सदस्यलाई उहाँले जे सिकाउनु भयो, उहाँको समीपमा जाने जो कोही, चोह त्यो कांग्रेसको कार्यकर्ता होस् वा कुनै व्यक्ति मात्र किन नहोस्, उहाँले हामीलाई जसैगरी उसलाई पनि एउटा मार्गनिर्देश गर्नुहुन्थ्यो । सबैलाई एकै किसिमको व्यवहार गर्ने उहाँको उद्भूत स्वभाव म सम्झन्छु बिपीको नाम आउँदा ।

अर्को कुरा, म लोकतन्त्रप्रतिको उहाँको विश्वास, त्यसका लागि उहाँको आजीवन लडाइँ र सम्झौताहीन व्यक्तित्वलाई एकैपटक स्मरण हुन्छ । जनताप्रतिको उहाँको विश्वास अत्यन्त उच्च थियो । उहाँले पटकपटक भन्नुहुन्थ्यो, २००७ सालको क्रान्ति अगाडि दुईवटा राजा भए, त्रिभुवन र ज्ञानेन्द्र । ज्ञानेन्द्रसँग राणा थिए, दरबार भयो, श्रीपेच भयो, आर्मीले सुरक्षा थियो । त्रिभुवनसँग यी सबै थिएन, भारतमा भागेर गएका थिए । त्यस्तो बेलामा पनि राजाका रुपमा त्रिभुवन नै स्थापित भए । त्यो किनभने जनक्रान्तिको साथ त्रिभुवनलाई रह्यो । बिपीको यो विश्लेषण पहिलोपटक सुन्दा मलाई अचम्म नै लाग्यो । जनताप्रति उहाँको कत्रो विश्वास हो ? त्यसकारण उहाँले तिनै जनताका लागि आफूलाई सधैँ समर्पित गर्नुभयो । जनता के चाहन्छन् ? उहाँ बुझ्न चाहनुहुन्थ्यो । लोकतन्त्रको ‘फ्रेम’ भित्र जनताको चाहनालाई राखेर उहाँले रणनीति बनाउनुहुन्थ्यो । म बिपी कोइरालाको नाम सम्झना साथ यी कुराहरु स्मरण गर्छु र सोच्छु अहिलेका हामीहरुले कसरी त्यो बाटो समात्ने र उहाँको सोच अनुसारले राजनीतिलाई ‘ड्राइभ’ गर्ने भनेर । यही सोचाइले नै मलाई अन्तरमनदेखि ऊर्जा जगाउँछ ।

अहिलेको समकालीन राजनीतिक अभ्यास बिपीले सोचे वा चाहेको जस्तो छैन । यो कुरा म प्रस्टसँग भन्दछु । कोही कसैको चित्त दुख्ला, त्यसमा मलाई मतलब भएन । तर, सत्य बोल्न प¥यो । सत्यको बोली फुट्यो भने न सुधारको बाटो बन्छ । बिपीले भन्नुहुन्थ्यो नि, ‘जब सत्यको मुख बन्द हुन्छ, तब मिथ्याको थुतुनो चल्छ ।’ हामीले मिथ्याको थुतुनो चल्न दिन त भएन नि । त्यसैले मैले बोल्छु । यो बिपीले हामीलाई दिएको संस्कार हो । यही नै हाम्रो ऊर्जा हो । नेतृत्वलाई गल्ती गर्दा औँला उठाउन सक्ने कार्यकर्ता चाहिन्छ भन्नुहुन्थ्यो बिपीले । मैले बाहिर बोल्दै हिँड्ने कुरा होइन, तर पार्टीको केन्द्रीय समितिको बैठकमा त्यही भएर सत्य बोलेँ । कोही साथीहरु रुष्ट पनि भए म बोल्दा । तर बुझ्नुपर्ने कुरा के हो भने मैले त्यहाँ सत्य बोलेको हो, सुधारको बाटो खोज्नका लागि गरिएको प्रयत्न थियो । यो बिपीले सिकाएको लाइन हो भन्ने ठानेको छु ।

बिपीले राजनीतिमा मूल्यको, नैतिकताको कुरा गर्नुहुन्थ्यो । अहिलेको समकालीन राजनीतिमा यी दुवै कुराहरु हराउँदै गएको देख्दछु । मूल्यबिनाको राजनीति, नैतिकता बिनाको राजनीति त खाली भीडतन्त्र हुन्छ । हामीले लोकतन्त्र खोजेको हो, यो भीडतन्त्र हुन थाल्यो कि भन्ने चिन्ता सबैमा देख्छु । नागरिकमा व्याप्त निरासाको प्रमुख कारण म यही ठान्छु । भीडतन्त्र हुँदा लोकतन्त्रका आधारभूत मान्यताहरु मर्छन् ।

लोकतन्त्रका आधारभूत कुराहरु मरे भने राजनीतिमा अराजनीतिक सोच हाबी भइदिन्छ । अहिलेको भीडतन्त्रले त्यही ‘रिजल्ट’ दिनेछ । म त यस कुरामा प्रस्ट छु । त्यसैले मैले बढी चिन्ता गरिरहेको छुँ । संवादहीनताको अन्त्य गरी लोकतान्त्रिक शक्तिहरुका बीचमा छलफल चलाउनुपर्ने देखेर मैले अग्रसरता लिएको पनि छुँ । तर यो मात्रै पर्याप्त म ठान्दिन । यसतर्फ साझा सोच बन्नुपर्छ, कम्तीमा लोकतान्त्रिक सोच भएका व्यक्तिहरु र शक्तिहरुमा । बिपी सधैँ संवादमा विश्वास गर्नुहुन्थ्यो । लोकतन्त्रलाई जीवन्त राख्नका लागि संवाद अनिवार्य हुन्छ भन्ने कुरा बिपीले हामीलाई सिकाएर जानुभएको छ । बिपीले सिकाएका यस्ता संस्कारगत कुराहरुको अनुसरणमा हामी गम्भीर हुनुपर्दछ भन्ने म ठान्दछु ।

अर्को कुरा, बिपी सधैँ सबैलाई आफ्नो विवेकको उच्चतम प्रयोग गर भनेर प्रेरित गर्नुहुन्थ्यो । ‘एक मुठी माटो छातीमा टाँसेर सोच, जे उत्तर आउँछ त्यही गर’ भन्नुहुन्थ्यो । उहाँले कहिले पनि मैले यस्तो सोचेको छु, त्यसै अनुसार गर भनेर निर्देशन दिनु भएन । कम्युनिष्टहरुले कार्यकर्तालाई ‘मेनिफेस्टो’ दिन्छन् । तर बिपीले आफ्नो विवेक प्रयोग गर्न प्रोत्साहन गर्नुभयो । यसको पछाडिको दर्शनलाई बुझेनौँ भने हामीले लोकतन्त्र पनि बुझ्दैनौँ, बिपीलाई पनि बुझ्न सक्दैनौँ ।

अब हामीले आफ्नो विवेकको प्रयोग गरेर वर्तमान अवस्थाको विश्लेषण गर्नसक्नु प¥यो, समस्याको पहिचान गर्नसक्नु प¥यो, समाधानका लागि साझा रणनीति बनाउन सक्नुप¥यो । यो बाटोमा हिँड्नका लागि हामीबीच जतिधेरै सहकार्य हुनसक्यो, त्यति छिटो हामीले बिग्रेको परिस्थितिलाई सम्हाल्न सक्दछौँ । मेरो प्रयत्न यसैतर्फ केन्द्रित छ, तर यसमा साथ त चाहिन्छ ।

बिपी कोइरालासँगका स्मरणहरु प्रशस्तै छन् । उहाँको स्मृति दिवसमा हामीले उहाँलाई सम्झने सम्मान व्यक्त गर्ने र उहाँको समाजवादी चिन्तनलाई नागरिक संस्कारका रुपमा स्थापित गर्नका लागि के गर्नुपर्छ, त्यो गर्नका लागि प्रतिबद्ध हुने हो । समाजवादी संस्कारसहितको समाजले मात्रै बिपीले परिकल्पना गरेको झैँ प्रजातान्त्रिक समाजवादको व्यावहारिक कार्यान्वयन सम्भव छ । यो गम्भीर विषय हो । आत्मनिर्भर गाउँ बनाउने, स्रोतसाधनको अत्यधिक सदुपयोग गर्ने, समाजवादी चरित्रको गाउँ बनाउने, ग्रामीण सभ्यता बोकेको समुदाय निर्माण गर्ने कुरा स्वयं समाजले मात्रै गर्न सक्छ । बिपीको समाजवादको सार पक्ष यही हो भनेर मैले बुझेको हुँ ।

उत्पादनको वृद्धिमा र न्यायपूर्ण वितरण प्रणालीमा पनि समाजका सदस्यहरुकै हस्तक्षेपकारी भूमिकाको खोजीले बिपीको समाजवादलाई कार्यान्वयन गर्न सकिन्छ भन्ने लाग्छ । उत्पादन वृद्धिका लागि सीप र ज्ञान चाहिन्छ । अहिलेको ‘जेन–जी’ पुस्तालाई त एआईले नै दुवै कुरा एकैपटक सिकाउन सक्छ । यो ठूलो अवसर हाम्रा अगाडि छ । यो अवसरलाई हामीले गुमाउनु हुँदैन । ‘तरुणहरु तिमी जे आट्छौँ, त्यो गर्न सक्छौँ’ भन्नुहुन्थ्यो बिपी । तरुणहरुप्रति उहाँको यति ठूलो विश्वास थियो । अहिलेका तरुणहरुप्रति पनि त्यही विश्वास हो उहाँको । अहिलेका तरुणहरुलाई असल मार्गनिर्देश हामी गर्छौं । त्यसकारण आत्मबल बढाउनु प¥यो सबैले ।

उहाँले विद्यार्थीहरुलाई ‘सिर्जनाका स्रोत’ ठान्नुहुन्थ्यो । हाम्रो राजनीतिले त्यो वातावरण बनाउनुप¥यो । यी धेरै कुराहरु यस्ता छन्, जो हामीले गम्भीर भएर सोच्ने र दायित्व ठान्ने हो भने गर्न सकिन्छ । तर खै के कुराले हाम्रा साथीहरु यस्ता कुराहरुमा अलमल गरेको देख्दछु । अलमलिनु जरुरी नै छैन । बिपीलाई स्मरण गरौँ, इमान्दार प्रयत्न गरौँ हामी गर्न सक्छौँ । बिपीलाई स्मरण गर्दा हामीले यो आत्मविश्वास जगाउन सक्यौँ भने हामीले उहाँलाई सही रुपमा सम्झेको ठहर्छ, हैन भने एउटा औपचारिकता मात्र हुन्छ । लोकतन्त्र राजनीतिक पद्धति मात्रै हैन, यो जीवनशैली हो । त्यसकारण यसलाई संस्कारका रुपमा ग्रहण गर्ने हो । त्यसकारण बिपीलाई स्मरण गर्ने कुरालाई हामीले औपचारिकताका रुपमा मात्र नलिऔँ । यसलाई लोकतान्त्रिक चेतको जागरण गर्ने दिनका रुपमा लिन सकौँ । आज म सबै लोकतन्त्रवादी साथीहरुलाई यही आग्रह र अपिल गर्न चाहन्छु । बिपीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय