काठमाडौँ :- एमाले मुख्यालय च्यासलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीचको भेटवार्ता सकिएको छ ।
भेटवार्ता सकेर बाहिरिने क्रममा विद्याले मिडियालाई संक्षिप्त प्रतिक्रिया दिएकी छन् । सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताएकी छन् ।
उनलाई पत्रकारहरूले एमालेको सदस्यता नवीकरणको विषय सोधेका थिए। जबाफमा उनले ‘सदस्यताको विषय पुरानै हो, नवीकरण भइसक्यो’ भनेकी छन्।




