काठमाडौँ :- साताको पहिलो दिन आज नेप्से परिसूचक ०.३२ अङ्क बढेर २८७०.९५ विन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४६ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ०.४४ अङ्कले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०५ अङ्कले घटेको छ ।
आइतबार कारोबारमा आएका ३१६ कम्पनीको ५ करोड १६ लाख ५८ हजार कित्ता शेयर २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सामान्य अङ्कले कारोबार बढे पनि कारोबार भने उच्च अङ्कले बढेको छ । गत बिहीबार भने नेप्से साढे १६ अर्बको सेयर खरिदबिक्री भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। जसमा अन्य उपसमूहको परिसूचक ३.३६ प्रतिशत, होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।




