
काठमाडौँ :- आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ३ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९१ हजार ८ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने ५० रुपैयाँले बढेर प्रतितोला २२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।