काठमाडौँ :- उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
आज बस्ने संसदीय दलको बैठकले औपचारिकरूपमा समर्थन फिर्ताबारे निर्णय लिने बताइएकाे छ ।
केहिदिन अघिमात्रै पार्टीकाे एक बैठकले कांग्रेस-एमाले गठबन्धन सरकारले कुनै क्षेत्रमा पनि सन्तोषजनक नतिजा दिन नसकेको निष्कर्ष निकालेकाे थियाे ।




