काठमाडौँ :- बाढीको वितण्डापछि प्रधानमन्त्री केपी शर्मा ओली रसुवा जाने भएका छन् ।
सोमबार रातिको बाढीबाट क्षतिग्रस्त क्षेत्रको अवस्था निरीक्षण गर्न प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री लेखक र अर्थमन्त्री पौडेल पनि रसुवातर्फ जान लागेका हुन् ।
बालुवाटारबाटै उड्ने हेलिकोप्टरमा प्रधानमन्त्री जानेछन् भने अर्को हेलिकोप्टरमा गृहमन्त्री र अर्थमन्त्री जाने बताइएको छ ।




