काठमाडौँ :- आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २९ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ८९ हजार ४ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला २१ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




