काठमाडौँ :- आज बजारमा सुन मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९० हजार ६ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




