काठमाडौँ :- आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रह्दै प्रतितोला एक लाख ९३ हजार ७ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




