काठमाडौ :- नेकपा माओवादी केन्द्रको सर्लाही–काठमाण्डौं सम्पर्क समन्वय समितीको अध्यक्षमा शम्भु नेपाल सर्वसम्मत चयन भएका छन । शनिबार काठमाण्डौंमा भएको तेस्रो अधिवेशनबाट नेपालको अध्यक्षतामा ४५ सदस्यिय समिती चयन गरिएको छ ।
समितीको उपाध्यक्षत्रयमा अमरेन्द्र कुशवाह, मुकेश खड्का र राजकुमार माले, सचिवमा रोजिना थापा, कोषाध्यक्षमा उषा काफ्ले, सहसचिवमा सरोज रायमाझिसहित अन्य सदस्य छन । निवर्तमान अध्यक्ष शंकर रायमाझिको अध्यक्षता एवम् पार्टीको उपमहासचिव तथा मधेश प्रदेश ईन्चार्ज मातृका प्रसाद यादवको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको सर्लाही–काठमाण्डौं सम्पर्क समन्वय समितीका बरिष्ठ सल्लाहकार प्रधान लामाले जानकारी दिए ।

कार्यक्रममा स्थायी समिती सदस्य एवम् सम्पर्क समन्वय समितीको केन्द्रिय ईन्चार्ज यसोदा सुवेदी, केन्द्रिय सदस्य एवम् सम्पर्क समन्वय समिती मधेश प्रदेश ईन्चार्ज शिवराम यादव, राष्ट्रियसभा सदस्यहरु राधेश्याम पासवान, विवेक अधिकारी, घनश्याम प्रसाद रजक, शिव पुजन यादव, पार्टीकाे सर्लाही जिल्ला इन्चार्ज अच्युतम प्रसाद काफ्ले, बैकल्पिक केन्द्रिय सदस्य कमल बुढाथोकी, भरत कुमार थापासहित पार्टीका नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।
सर्लाहीबाट काठमाण्डौंमा पुगेर बिभिन्न पेशा ब्यवसायमा आवद्ध रहेकाहरुको हक हित तथा आवश्यक समन्वयका लागी स्थापित समितीको अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न भएको बरिष्ठ सल्लाहकार प्रधानले बताए ।



