काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजावादी गतिविधिबारे कडा चेतावनी दिएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले भने, ‘संविधान र वर्तमान व्यवस्था विरुद्धका कुनै पनि गतिविधि सह्य हुँदैन,’ ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डसँग भेटेर गभर्नर नियुक्तिमा तपाईँहरूलाई पेल्नु भयो नि !’ भन्ने प्रश्नमा भने मन्त्री लेखकले कसैले कोहीसँग तस्बिर खिचाउँदैमा भेटघाट गर्दैमा यसले गठबन्धनमा कुनै असर नपार्ने बताए । ‘एमाले र काँग्रेस बिचको सहमतिको आधारमा यो गठबन्धन पूर्ण कार्यकाल चल्नेछ,’ उनले भने ।
लेखकले यो सरकार मुलुकमा व्याप्त निराशालाई चिरेर आशाको किरण दिन गठन भएको बताए । ‘हाम्रो सरकार आशा दिने उद्देश्यले स्थापित भएको हो, र यसले जनतालाई आशा दिइरहेको छ,’ उनले भने ।










