
भक्तपुर :- भक्तपुर नगरपालिका -१ च्यङ्गा गणेश मन्दिर नजीक सडकमा बा.७ च ०८१५
नम्बरको निजि कारले प्रदेश-०२-०२८ प ७३९२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिएको छ
मोटरसाइकल चालक काभ्रे पाँचखाल नगरपालिका-१ बस्ने २३ वर्षीय सन्दिप बस्नेतको मृत्यु
भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको डा.ईवामुरा अस्पताल सल्लाघारीमा
उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जनाएको छ ।
