२०८१ कार्तिक १९, सोमबार
काठमाडौं :- सत्तारुढ दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न समन्वय समिति बनाउने भएका छन् । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको सोमबार साँझ बोलाइएको बैठककमा यसबारे छलफल हुने भएको छ
सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको शीर्ष नेताहरु सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने तयारी थियो । तर त्यसको विरोध भएपछि समन्वय समिति बनाउन लागिएको एक नेताले बताए । उनले भने, ‘शीर्ष नेताहरु पनि बस्नुहुन्छ । हरेक दलबाट सम्भवतः ३/३ जना रहन्छौं होला
गठबन्धनका पाँचमध्ये चार दल सरकारमा छन् भने राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी छैन । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समानवादी र जनता समाजवादी पार्टीका नेताहरु रहेको कार्यदलले सरकार सञ्चालनसम्न्धी कार्यविधिको मस्यौदा समेत बनाइसकेको छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९