
काठमाडौं :- नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश अनन्तराज डुम्रे नेतृत्वको जाँचबुझ समितिको सिफारिस अनुसार अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

पदको दुरुपयोग गर्दै छोरीको नाममा शेयर नामसारी गराएको आरोप लागेपछि सरकारले ढुंगाना माथि जाँचबुझ गर्न समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसका आधारमा बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।