ट्रेन्डिङ

कांग्रेसका ४ लाख ५७ हजारभन्दा बढी सदस्यले गरे क्रियाशील सदस्यता अद्यावधिक

मकवानपुरमा पिकअप जीप दुर्घटना, द्रुतमार्गका इन्जिनियरसहित दुई जनाको मृत्यु

सुन प्रतितोला ५ हजार १०० रुपैयाँले घट्यो

युरोप पठाइदिने भन्दै ३० लाखभन्दा बढी ठगी गर्ने ४ जना पक्राउ

बोल्ने समय नपाएको भन्दै श्रम संस्कृति पार्टीका सांसदद्वारा संसद्‌को वेल घेराउ

फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्पः मृत्यु हुनेको संख्या ४५ पुग्यो

सङ्खुवासभामा ३६८ वटा चौँरीको पुच्छरसहित ट्याक्टर नियन्त्रणमा, चालक पक्राउ

अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाइने, प्रहरीलाई पूर्ण सहयोग गर्छौं : मुख्यमन्त्री बानियाँ

मन्त्री गौरीकुमारी यादवको कडाइपछि एकै दिनमा १२ उद्योगले तिरे बक्यौता भाडा

श्रममन्त्री रामजी यादव जेनेभा प्रस्थान: उद्योगमन्त्री यादवलाई कार्यवाहकको जिम्मेवारी

इन्टरनेट, बैंकिङसहित २५ अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न सरकारको रोक

प्रतिनिधिसभामा अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा माग

रास्वपाले मधेस प्रदेश अधिवेशनका सबै गतिविधि अनिश्चितकालका लागि स्थगित गर्‍यो

महासचिव पोखरेलको सरकारमाथि कटाक्ष: ‘भो, यस्तो सुशासन चाहिँदैन’

शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट रु १ करोड ७८ लाख असुल गरिने

संसद् बैठक पुनः स्थगित, भोलि बस्ने

डकवर्थ–लुइस पद्धतिमा नेपाललाई उपाधि, हङकङ १९ रनले पराजित

प्रदेश अनुदानमा मधेस पहिलो, कर्णाली दोस्रो; संघबाट ४.२४ खर्ब वित्तीय हस्तान्तरण

फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता

बजेट सही दिशामा, तर सफलता कार्यान्वयनमा निर्भर : महासङ्घ अध्यक्ष श्रेष्ठ

प्रतिनिधिसभाको बैठक अब मंगलबार बस्ने

जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार थुनुवा पक्राउ

विद्युत् महसुल बक्यौता असुलीलाई प्राथमिकता दिन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

रास्वपा सांसद न्यौपाने: “पार्टीलाई असफल हुने छुट छैन”

नेपाली कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिक तीव्र, साढे चार लाखले प्रक्रिया पूरा

सीमा समस्या द्विपक्षीय वार्ताबाटै समाधान हुनुपर्छ : परराष्ट्रमन्त्री शिशिर खनाल

रास्वपाले १८ जिल्लामा नयाँ कार्यसमिति चयन, अधिवेशन जारी

रास्वपा काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित

अछामको कमलबजारमा जिप दुर्घटना, एक जनाको मृत्यु

ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग

बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको काठमाडौँमा प्रदर्शन

आमिर खान तेस्रो पटक विवाह बन्धनमा बाँधिने, जुलाई ५ मा गौरी स्प्र्याटसँग बिहे

‘जेनजी विद्रोहपछि ६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु ठूलो सफलता’ : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

सेयर बजार १३ अंकले घट्यो

जातीय भेदभाव र छुवाछूत राष्ट्रको साझा समस्या, अन्त्यका लागि सामूहिक प्रयास आवश्यक : गगन थापा

बिहारको निजी अस्पतालको आईसीयूमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी चोरी

बाजुरामा ढुङ्गा प्रहारबाट एक जनाको मृत्यु, विवादपछि घटना

ठमेल क्षेत्रमा मसाज तथा स्पा सेन्टरको महानगरद्वारा अनुगमन

भक्तपुरको ख्वप्रिङ्ग इङ्लिस स्कुलमा आगलागी, ठूलो क्षति

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसमा शुभकामना

लागुऔषधसहित देशभर ३२ जना पक्राउ

तीन तहका सरकारबीच सञ्चार क्षेत्र सुधार र डिजिटल प्रणाली विकासका महत्वपूर्ण निर्णय

कम्युनिस्ट आन्दोलनले इतिहासकै सबैभन्दा ठूलो धक्का व्यहोरेको छ : विष्णु पौडेल

अनधिकृत यार्सागुम्बा सङ्कलनमा चार जना पक्राउ

नयाँ दिल्लीमा रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

आज मोदीसँग रवि लामिछानेको भेटवार्ता, दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाट

अन्नपूर्ण प्रथम आरोहणको ७६ वर्ष पूरा

एसिसी महिला प्रिमियर कपः कतारद्वारा नेपाललाई ७७ रनको लक्ष्य

‘देशभन्दा माथि पार्टी, जाति र धर्म हुँदैन’– संसद्मा हर्क साम्पाङ

मुस्ताङमा पाँच वर्षमा लेक लागेर ५८ पर्यटकको मृत्यु, अधिकांश भारतीय

सांसद सुधन गुरुङमाथि छानबिनका लागि थप पाँच दिन म्याद

सभापति लामिछाने र भाजपाका राष्ट्रिय अध्यक्ष नवीनबीच भेटवार्ता

सगरमाथा १० पटक आरोहण गरेका सांसद मिङ्मा ग्याबु शेर्पा सम्मानित

मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

पाँचदिने भारत भ्रमणमा रवि लामिछाने, उच्चस्तरीय भेटघाट गर्ने

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति झलनाथ खनालको आपत्ति, ‘राष्ट्रविरोधी टिप्पणी स्वीकार्य छैन’

कान्तिलोकपथमा ट्रक दुर्घटना, चालकको मृत्यु

डडेलधुरामा सशस्त्र प्रहरी जवानसहित दुई जना बेपत्ता, महाकाली किनारमा ट्युब फेला

विगतका सबै आन्दोलनसम्बन्धी प्रतिवेदन अध्ययन गरिने : प्रधानमन्त्री बालेन शाह

कुशल भुर्तेलको विस्फोटक शतक, चीनलाई नेपालले दियो ३१४ रनको लक्ष्य

दुवाकोटमा ४ दिने प्राथमिक उपचार तालिम सम्पन्न, २३ जना प्रशिक्षित स्वयंसेवक तयार

बजेटबारे अर्थमन्त्री वाग्लेले आज सञ्चारकर्मीसँग अन्तरक्रिया गर्ने

भारतको कुशीनगरबाट ४५३ नेपालीको उद्धार, बेलहिया नाका हुँदै स्वदेश फिर्ता

अछाम दुर्घटनाः उपचारका क्रममा दुई जनाको मृत्यु

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः विभिन्न प्रदेशमा वर्षा जारी

निर्बाचित क्षेत्रबाट दिनुपर्ने सेवा काठमाडौबाट सुरु, बदन भण्डारीको सचिवालयमाथि प्रश्न।

बजेट २०८३/८४ः यस्ता छन् नयाँ नारा, कार्यक्रम र घोषणा

कर्मचारीको तलब–भत्तामा वृद्धि, कुल वृद्धि २१ प्रतिशतसम्म हुने

आज बजेट सार्वजनिक हुँदै

आज गणतन्त्र दिवस मनाइँदै

स्वदेशमै उच्च शिक्षा रोज्ने विद्यार्थीको सङ्ख्या बढ्यो

उल्लासका साथ मनाइँदै बकर इद, देशभरका मस्जिदमा श्रद्धालुको भीड

भैरहवामा पौडी खेल्ने क्रममा डुबेर दुई विद्यार्थीको मृत्यु

नेपाल–भूटान स्वास्थ्यमन्त्रीबीच भेटवार्ता, स्वास्थ्य सहकार्य सुदृढ गर्ने समझदारी

आर्थिक सर्वेक्षण सर्वजनिक हुँदै

अन्डाको मूल्य फेरि बढ्यो, एक्सएल अन्डा प्रतिक्रेट ५४५ रुपैयाँ पुग्यो

जीवनस्तर सुधार र सुशासनमा सरकार केन्द्रित : प्रधानमन्त्री वालेन्द्र शाह

ग्रामीण दूरसञ्चार कोषको रकम तत्काल परिचालन गर्न महावीर पुनको माग

नेपाल आउँदै अमेरिकी उपविदेशमन्त्री रोजर्स

सप्तकोशी नदीको टापुबाट ४ सय ७५ केजी गाँजा बरामद

ईयूआबद्ध देशका राजदूतसँग प्रधानमन्त्री शाहको आज सामूहिक भेट

उदयपुरमा विषाक्त खाना खाँदा एउटै परिवारका चार बिरामी, एकको अवस्था गम्भीर

बजारमा आलुको मूल्य बढ्यो, रातो लाम्चो आलु प्रतिकिलो ३२ रुपैयाँ

सभामुख अर्याल र उपराष्ट्रपति यादवबीच समसामयिक राजनीतिक विषयमा छलफल

१० महिनामा घरजग्गा कारोबारबाट ४३ अर्बभन्दा बढी राजस्व संकलन

एसियन गेम्स क्वालिफायरका लागि दीपेन्द्र ऐरीको कप्तानीमा नेपाली टोली घोषणा

प्रविधिमैत्री कानुन निर्माण आवश्यक: सभामुख डोलप्रसाद अर्याल

धादिङ खानीमा ढुङ्गा खस्दा टिपर चालकको मृत्यु

चितवन निकुञ्जमा बाह्य पर्यटक घटे, आन्तरिक पर्यटक भने बढे

पूर्वाधार विकास समितिको निर्देशन: विकास अवरोध हटाउन र मूल्यवृद्धि समस्या तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह

वैशाखमा देशभर १,०५६ लागुऔषध कारोबारमा संलग्न पक्राउ, ठूलो परिमाणमा बरामद

रास्वपा सभापति रवि लामिछानेले कोसी र मधेस प्रदेशका सांसदसँग छलफल गर्दै

भारतमा गर्मी बढेसँगै विद्युत् मागले नयाँ कीर्तिमान बनायो

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री संसद्मा नआएकै कारण आफू दबाबमा नभएको रवि लामिछानेको प्रष्टोक्ति

साफ महिला च्याम्पियनसिपका लागि टोली बिदाइ, खेलाडी सम्मानमा सरकार प्रतिबद्ध : मन्त्री पोखरेल

बाल अधिकार परिषद् खारेज गर्ने निर्णय फिर्ता लिन इन्दिरा रानामगरको माग

ठमेलमा पर्यटक र सर्वसाधारणलाई हैरानी दिने ९ विदेशी नागरिक पक्राउ

‘संसद्मा कराएर मात्रै बाँदर आतंक हट्दैन’ : महावीर पुन

एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

पृष्ठभूमि :

आजको २१औँ शताब्दीको विश्व अहिले तीव्र गतिमा डिजिटल प्रविधिद्वारा निर्देशित समाजतर्फ अघि बढिरहेको छ। हाल विश्वमा शक्ति सन्तुलन केवल सैन्य शक्ति वा आर्थिक क्षमताबाट मात्र निर्धारण हुने अवस्था छैन। सूचना, डाटा र प्रविधि अहिले विश्व राजनीतिको सबैभन्दा निर्णायक स्रोत बन्न थालेका छन्। कृत्रिम बुद्धिमत्ता (AI), सामाजिक सञ्जाल र एल्गोरिदममा आधारित प्रणालीहरूले सूचना प्रवाह, सार्वजनिक विमर्श र राजनीतिक प्रक्रियामा गहिरो प्रभाव पारिरहेका छन्। यसले लोकतन्त्रका लागि नयाँ अवसरहरू सिर्जना त गरेको छ, तर सँगसँगै गम्भीर चुनौतीहरू पनि खडा गरेको छ। आजको प्रश्न केवल प्रविधिको विकास होइन—प्रविधिले समाज र लोकतन्त्रलाई कता लैजादैछ भन्ने हो।
समकालीन विश्व राजनीतिमा प्रविधि र सूचना शक्ति प्रतिस्पर्धाको केन्द्रमा पुगेका छन्। विशेष गरी United States, China र अन्य विश्व शक्तिहरूबीच कृत्रिम बुद्धिमत्ता, सेमिकन्डक्टर र डिजिटल पूर्वाधारको क्षेत्रमा तीव्र प्रतिस्पर्धा देखिन्छ।

यसैबीच Russia–Ukraine War ले आधुनिक युद्धमा सूचना प्रविधि, साइबर आक्रमण र डिजिटल प्रचारको भूमिका कति महत्त्वपूर्ण छ भन्ने स्पष्ट देखाएको छ। त्यस्तै मध्यपूर्वमा Israel र Iran बीचको क्षेत्रीय तनावमा पनि सामाजिक सञ्जाल प्रचार, डिजिटल प्रभाव सञ्चालन र सूचना युद्धको प्रयोग व्यापक रूपमा देखिएको छ।
यसले के देखाउँछ भने—आजको युगमा सूचना, डाटा र प्रविधि केवल आर्थिक स्रोत मात्र होइनन्; यी आधुनिक राजनीतिक शक्ति र भू–राजनीतिक प्रतिस्पर्धाका मुख्य उपकरण बनिसकेका छन्।
नेपालको वर्तमान पछिल्लो राजनीतिक अवस्थामा राजनीतिक ध्रुवीकरण र युवा सहभागिता तीव्र गतिमा बढ्दैछ। जो यो पछिल्लो प्रविधिक परिवर्तनसँग प्रत्यक्ष रूपमा सम्बन्धित पनि रहेको छ। त्यसैले यहाँ यसै सन्दर्भमा एआईको प्रभाव, सम्भावित जोखिम, अवसर र युवा पुस्ताको भूमिकालाई लिएर समालोचनात्मक दृष्टि प्रस्तुत गरिएको छ ।

परिचय:

विकासोन्मुख नेपालमा लोकतन्त्रको अभ्यास अझै सन्तुलित र स्थिर ढंगबाट अगाडि बढेको छैन। राजनीतिक दलबीचको प्रतिस्पर्धा, सामाजिक विभाजन, र सन्देश प्रवाहमा भएको असमानताले लोकतान्त्रिक संवादलाई प्रभावित पारिरहेका छन्। संगसंगै डिजिटल प्रविधि, सामाजिक सञ्जाल र एआईले सूचना आदानप्रदानको साथै राजनीतिक सन्देशको संरचना बदल्दैछ।

विशेष गरी युवा पुस्ता, जसले डिजिटल प्रविधिसँग जन्मदेखि परिचय पाउदै हुर्किएको छ, उनिहरू नेपालको लोकतान्त्रिक अभ्यासको केन्द्रमा पनि रहेका छन्। सामाजिक सञ्जालमार्फत राजनीतिक बहस, अभियान र जनमत निर्माणमा उनीहरूको भूमिका बढ्दै गएको देखिन्छ। यस अवस्थामा तीन प्रमुख प्रश्न उठ्छन्:- पहिलो- एआई र डिजिटल प्रविधिले लोकतान्त्रिक संवादमा कस्तो प्रभाव पारिरहेको छ ? दोस्रो- यसले राजनीतिक असमानता र शक्ति केन्द्रिकरणमा कस्तो भूमिका खेल्छ ? तेस्रो – युवाहरूले यसको जिम्मेवार प्रयोगबाट लोकतन्त्रलाई कसरी सशक्त बनाउन सक्छन्?

सूचना प्रवाह र सार्वजनिक विमर्शमा एआईको प्रभाव:

एक समय थियो जब सूचना सीमित स्रोतहरूबाट सबै नागरिकसम्म लगभग समान रूपमा पुग्थ्यो। रेडियो, पत्रपत्रिका र टेलिभिजनले समाजलाई एउटै तथ्य र एउटै सार्वजनिक यथार्थसँग जोड्थे।
तर अहिलेको डिजिटल युगमा सूचना अत्यन्त व्यक्तिगत र एल्गोरिदम-निर्देशित बनेको छ। सामाजिक सञ्जालका एल्गोरिदमहरूले मानिसको रुचि, व्यवहार र भावनालाई आधार बनाएर सामग्री देखाउँछन्। परिणामस्वरूप नागरिकहरू एउटै समाजमा बसे पनि फरक–फरक सूचना संसारभित्र बस्न थालेका छन्।
यसले साझा यथार्थ कमजोर पार्ने र समाजमा ध्रुवीकरण बढाउने जोखिम पैदा गरेको छ। पछिल्लो दशकमा विभिन्न देशका चुनावहरूमा सामाजिक सञ्जाल एल्गोरिदम र डाटा विश्लेषण प्रयोग गरी मतदातामा लक्षित सन्देश प्रवाह गरिएको तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन्।

दार्शनिक Yuval Noah Harari ले आफ्नो पुस्तक 21 Lessons for the 21st Century मा लेखेका छन्: “Whoever controls the data will control the future.”(जो डाटा नियन्त्रण गर्छ, उसैले भविष्य नियन्त्रण गर्नेछ)

यो भनाइले स्पष्ट संकेत गर्छ कि डिजिटल युगमा सूचना र डाटाको नियन्त्रण केवल आर्थिक शक्ति मात्र होइन, राजनीतिक शक्ति पनि बन्न सक्छ। यदि डेटा र एल्गोरिदम केही सीमित संस्थाहरूको नियन्त्रणमा केन्द्रित भए भने लोकतन्त्रको शक्ति सन्तुलन नै प्रभावित हुन सक्छ। नेपालमा यो प्रबन्ध, चुनाव प्रचार र सामाजिक सञ्जाल अभियानमा स्पष्ट देखिन्छ। केही राजनीतिक दल वा समूहले डिजिटल डाटा र मेटाडाटाको प्रयोग गरेर लक्षित सन्देश प्रवाह र मतदातामा प्रभाव पार्ने प्रयास गरेको पनि बुझिन्छ।

प्रविधि र मानव मूल्यको सम्बन्धमा आइन्सटाइनको दृष्टिकोण :

विज्ञान र प्रविधिको विकासबारे पेचिलो दार्शनिक चेतावनी दिने वैज्ञानिकमध्ये एक थिए Albert Einstein। उनले आफ्नो प्रसिद्ध निबन्ध The World As I See It मा लेखेका थिए: “Concern for man and his fate must always form the chief interest of all technical endeavors.” (मानव र उसको भविष्यको चिन्ता सबै प्राविधिक प्रयासहरूको मुख्य चासो हुनुपर्छ)। उनको यो विचारले स्पष्ट गर्छ कि विज्ञान र प्रविधिको अन्तिम उद्देश्य केवल शक्ति र प्रतिस्पर्धाको साधन होइन; मानव कल्याणको लागि हुनुपर्छ।

दोस्रो विश्वयुद्धपछि आणविक हतियारको विकासले मानव सभ्यतामाथि गम्भीर संकट ल्याएको देखेपछि उनले अझ कडा चेतावनी दिदै भनेका थिए: “The unleashed power of the atom has changed everything except our way of thinking.” (परमाणुको अनियन्त्रित शक्तिले सबै कुरा परिवर्तन गरिसकेको छ, तर हाम्रो सोच्ने तरिका भने छैन)।
आजको एआई बहसमा आइन्सटाइनका यी विचारहरू फेरि सान्दर्भिक देखिन्छन्। प्रविधिको शक्ति तीव्र रूपमा बढिरहेको छ, तर प्रश्न उठिरहेको छ—के हाम्रो सामाजिक चेतना र नैतिकता पनि त्यति नै छिटो विकसित भइरहेको छ त ?

नेपालको सन्दर्भमा, डिजिटल प्रविधि र एआईले मिडिया र सामाजिक संवादमा तीव्र परिवर्तन ल्याइरहेको छ। यदि नैतिकता र सामाजिक जिम्मेवारी बिना प्रयोग भयो भने लोकतान्त्रिक विश्वास कमजोर हुन सक्छ।

एआई र मानव भविष्यको चिन्ता:

कृत्रिम बुद्धिमत्ता (AI)को तीव्र विकाससँगै धेरै वैज्ञानिकहरूले सम्भावित जोखिमबारे चेतावनी दिएका छन्।

यस सन्दर्भमा प्रख्यात भौतिक शास्त्री Stephen Hawking ले सन् २०१४ मा दिएको अन्तर्वार्तामा भनेका थिए: “The development of full artificial intelligence could spell the end of the human race.” (पूर्ण कृत्रिम बुद्धिमत्ताको विकासले मानव जातिको अन्त्य निम्त्याउन सक्छ)।

त्यस्तै, प्रविधि उद्यमी Elon Musk ले पनि चेतावनी दिएका छन्: “AI is far more dangerous than nukes.” (एआई परमाणु हतियारभन्दा धेरै खतरनाक छ)।

कृत्रिम बुद्धिमत्ता(AI)को आधुनिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने वैज्ञानिक Geoffrey Hinton ले पनि चिन्ता व्यक्त गर्दै भनेका छन्:
“It is hard to see how you can prevent the bad actors from using it for bad things.” (खराब उद्देश्यका व्यक्तिहरूलाई यसलाई दुरुपयोग गर्नबाट रोक्न कस्तो तरिका छ भनेर देख्न गाह्रो छ)।

यसले एआईको अर्को गम्भीर चुनौतीलाई देखाउँछ कि—गलत सूचना, डिपफेक, साइबर आक्रमण र डिजिटल हेरफेर। नेपालमा पछिल्लो चरणमा गलत सूचना र ध्रुवीकरणमा डिजिटल प्रविधि दुरुपयोगको खतरा बढेको देखिएको छ।

डिपफेक र लोकतन्त्रको संकट :

अहिलेको डिजिटल संसारमा गलत सूचना र डिपफेक प्रविधि लोकतन्त्रका लागि ठूलो चुनौती बनिरहेको छ। कृत्रिम बुद्धिमत्ताले तयार पारिएका नक्कली भिडियो वा सामग्रीले सार्वजनिक बहसलाई भ्रमित पार्न सक्छ।

अझ खतरनाक पक्ष के हो भने, जब नक्कली सामग्री व्यापक हुन्छ, तब वास्तविक प्रमाणलाई पनि ‘नक्कली’ भनेर अस्वीकार गर्ने प्रवृत्ति बढ्न सक्छ। यस्तो अवस्थालाई केही विश्लेषकहरूले “post-truth politics” को चरण भन्छन्।
पछिल्लो समय विश्वका विभिन्न चुनावहरूमा डिपफेक र गलत सूचनाको प्रयोगबारे व्यापक चिन्ता व्यक्त गरिएको छ। डिजिटल प्रचार, बोट नेटवर्क र एल्गोरिदम-आधारित सूचना हेरफेर लोकतान्त्रिक प्रक्रियाका नयाँ चुनौतीहरू बनिरहेका छन्।

आर्थिक र सामाजिक संरचनामा एआई :

एआईले केवल सूचना प्रणाली मात्र होइन, अर्थतन्त्र र श्रम बजार पनि परिवर्तन गरिरहेको छ।
अक्सफोर्ड विश्वविद्यालयका दार्शनिक Nick Bostrom ले आफ्नो प्रसिद्ध पुस्तक Superintelligence: Paths, Dangers, Strategies मा यस्तो चेतावनी दिएका छन्:
“Machine intelligence is the last invention that humanity will ever need to make.” (मेसिन बुद्धिमत्ता मानवजातिले जहिल्यै बनाउने अन्तिम आविष्कार हुन सक्छ)।

उनको आशय के हो भने – यदि अत्यन्त शक्तिशाली एआई प्रणाली बन्यो भने त्यसले मानव सभ्यताको भविष्य नै निर्धारण गर्न सक्छ।
नेपालको सन्दर्भमा सामाजिक-राजनैतिक- साँस्कृतिक विकासको अलवा युवा रोजगार, कृषि उत्पादन, स्वास्थ्य सेवा, शिक्षा र नवप्रवर्तनका क्षेत्रमा एआईले अवसर दिने सम्भावना छ। तर यदि नियमन, नीति र समावेशी योजना निर्माण भएन भने यसले आर्थिक असमानता बढाउने जोखिम पनि रहन्छ।

एआई खतरा मात्र होइन सम्भावना पनि :

एआईबारे बहस केवल जोखिममा सीमित छैन। धेरै प्रविधि विज्ञहरूले यसको सकारात्मक सम्भावनालाई पनि जोड दिएका छन्।

Satya Nadella ले एआईलाई “हाम्रो समयको सबैभन्दा महत्वपूर्ण प्रविधि” भनेका छन्।
Sundar Pichai का अनुसार एआई मानव जातिले काम गरिरहेको सबैभन्दा महत्वपूर्ण उपलब्धी र चीजहरूमध्ये एक हो।

त्यस्तै Bill Gates ले एआईले स्वास्थ्य र शिक्षामा विश्वका गम्भीर असमानताहरू घटाउन मद्दत गर्न सक्ने बताएका छन्। एआई वैज्ञानिक Fei-Fei Li ले एआईलाई मानव क्षमताको विस्तार गर्ने उपकरणका रूपमा व्याख्या गर्दै भनेकी छन्: “AI is not a replacement for human intelligence; it is a tool to amplify human creativity.”

त्यस्तै एआई अनुसन्धानकर्ता Andrew Ng ले एआईलाई “नयाँ बिजुली” सँग तुलना गर्दै भनेका छन्— जसरी बिजुलीले औद्योगिक युग परिवर्तन गर्‍यो, एआईले पनि आधुनिक अर्थतन्त्रका लगभग सबै क्षेत्रलाई रूपान्तरण गर्ने क्षमता राख्छ।

नेपालको सन्दर्भमा कृषि, स्वास्थ्य सेवा, शिक्षा र उद्यमशीलतामा एआईले ठूलो अवसर सिर्जना गर्न सक्छ। उदाहरणका लागि कृषि पूर्वानुमान, स्वास्थ्य निदान, भाषा प्रविधि र डिजिटल शिक्षा क्षेत्रमा एआई उपयोगी हुन सक्छ। तर उचित नीति र नियमन बिना यसले आर्थिक असमानता पनि बढाउन सक्छ।

युवा पुस्ताको निर्णायक भूमिका :

दक्षिण एसिया विश्वकै सबैभन्दा ठूलो युवा जनसंख्या भएको क्षेत्र हो। यही पुस्ता डिजिटल प्रविधिसँगै हुर्किएको पहिलो राजनीतिक पुस्ता पनि हो।
यदि युवाहरूले डिजिटल साक्षरता, आलोचनात्मक सोच र जिम्मेवार प्रविधि प्रयोग जस्ता संस्कार विकास गरे भने उनीहरू लोकतन्त्रलाई अझ सशक्त बनाउने शक्ति बन्न सक्छन्। यसका लागि तीन कुरा विशेष महत्त्वपूर्ण देखिन्छ:,१. डिजिटल साक्षरता –
एल्गोरिदम कसरी काम गर्छन्, गलत सूचना कसरी फैलिन्छ र डिपफेक कसरी चिन्ने भन्ने बुझाइ आवश्यक छ। २. सिर्जनात्मक सहभागिता – प्रविधि केवल प्रयोग गर्ने होइन, निर्माण गर्ने क्षमता विकास गर्नुपर्छ। ३. सार्वजनिक हितमा प्रविधि – पारदर्शिता, उत्तरदायित्व र सामाजिक न्यायलाई प्रविधि विकासको केन्द्रमा राख्नुपर्छ।

निष्कर्ष:

एआई आफैंमा लोकतन्त्रको शत्रु होइन। वास्तविक प्रश्न यसको प्रयोग कसरी गरिन्छ भन्ने हो।यदि प्रविधि केही शक्तिशाली संस्थाहरूको नियन्त्रणमा सीमित भयो भने यसले असमानता र शक्ति केन्द्रीकरण बढाउन सक्छ। तर यदि यसलाई खुला ज्ञान, सार्वजनिक हित र लोकतान्त्रिक निगरानीसँग जोडियो भने यसले लोकतन्त्रलाई अझ बलियो बनाउन सक्छ।
आजको विश्व राजनीति—चाहे Russia–Ukraine War होस् वा United States र China बीचको प्रविधिगत प्रतिस्पर्धा—सबैले एउटा कुरा स्पष्ट देखाउँछन्: भविष्यको शक्ति केवल सैनिक वा आर्थिक होइन, सूचना र प्रविधिको नियन्त्रणसँग पनि जोडिएको छ।
अन्ततः एआईको भविष्य पूर्वनिर्धारित छैन। यो हाम्रो सामूहिक निर्णय, नीतिगत छनोट र सामाजिक मूल्यहरूले निर्धारण गर्ने विषय हो।
त्यसैले डिजिटल युगको लोकतन्त्र सुरक्षित राख्ने जिम्मेवारी केवल सरकार वा प्रविधि कम्पनीहरूको मात्र होइन—विशेषगरी युवाहरूको पनि हो। यदि युवाहरूले प्रविधिलाई जिम्मेवार र सामाजिक हितमा प्रयोग गरे भने, एआईको युग लोकतन्त्रका लागि खतरा होइन—नयाँ अवसर र सम्भावनाको ढोका बन्न सक्छ।
२०८२ चैत्र २ गते

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय