काठमाडौँ :- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरेको छ । आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३:३० बजे बस्ने गरि सारिएको हो ।
असार १६ गतेबाट सुरु भएकाे बैठकमा आज सभापति, उपसभापति र महामन्त्री गरी पाँच जनाले धारणा राख्नेछन् । त्यसपछि आजै निर्णयसहित बैठक समापन गरिने कार्यसूची छ ।
बैठकमा छलफलका लागि १२ एजेण्डा तय गरिएको थियो ।




