काठमाडौँ :- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद् र सभामुख बिचौलियाको पक्षमा उभिएको आरोप लगाएका छन् ।
आज संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले भिजिट भिसा प्रकरणमा विपक्षी दलको विरोध हुँदा हुँदै पनि जबरजस्त सदन चलाएर संसद् र सभामुख बिचौलियाको पक्षमा उभिएकाले आफूहरूले सदन बहिष्कार गरेको बताए ।
सांसदले उठाएका आवाजलाई सम्बोधन नगर्ने संसद्मा बस्नुको कुनै औचित्य नहुने उनको भनाइ छ । उनले भिजिट भिसा प्रकरणमा माओवादी अध्यक्ष प्रचण्डले छेपारो प्रवृत्तिमा काम गरेको टिप्पणी गरे ।




