ट्रेन्डिङ

दिउँसो २ बजे प्रहरीको पीसीसी बैठक बस्दै

आज सुन तोलामा ३०० रुपैयाँले महँगियो

कांग्रेसका २३० केन्द्रीय सदस्यले आज शपथ लिने

इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकी प्रदेशका सर्वोत्कृष्ट प्रहरी घोषित।

चेक बाउन्स प्रकरणमा प्रशान्त बहादुर पाठक पक्राउ।

पोखरामा स्कुटर दुर्घटना हुँदा आशिष कुँवरको मृत्यु

एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

जलवायुजन्य विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्यमा जोड

चक्रवात ‘अरनब’को प्रभावले कात्तिक १३ र १४ गते भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न सरकारले दियो आशयपत्र

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन कमजोर, सरकार गठनमा अन्योल

गाभीले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोडको खोप उपलब्ध गराउने

सहकारी पीडितको पीडा सुन्दै मन्त्री रावल, बचत फिर्ताका लागि पहल गर्ने प्रतिबद्धता

बजारमा सुन महँगियो, चाँदीको मूल्य घट्यो

चितवनमा बस, ट्रक र माइक्रोबस ठोक्किए, ११ जना घाइते

झापामा अलकत्रा प्लान्टमा आगलागी, एक घाइते, २० लाखको क्षति

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

नेपाली बजारमा सुन तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदीको मूल्य पनि उकालो

बबरमहलको आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने

भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा

पोखरामा मोटरसाइकलको ठक्करबाट ६१ वर्षीय पैदलयात्रीको मृत्यु

ब्रेक फेल भएपछि बस खोल्सामा खस्यो, म्यानमामा ६ जनाको मृत्यु

नेपालले असोजमा भारततर्फ गर्‍यो रु. ५ अर्ब ९२ करोडको विद्युत् निर्यात

चितवनमा दसैँ अवधिमा सवारी दुर्घटना ७३ प्रतिशतले घट्यो

आजको विदेशी मुद्रा विनिमय दर

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १७ अर्ब ९४ करोड रुपैयाँ मौज्दात

टेस्ला र स्पेसएक्सको प्रविधि समेटिएको नयाँ रोडस्टर सार्वजनिक

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

प्रहरी सङ्गठनलाई सक्षम र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

बजारमा सुनचाँदीको मूल्य उकालो लाग्यो

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत गरी आवागमन सहज बनाइयो

मन्त्रिपरिषद बैठक सिंहदरवारमा

कांग्रेस सहमहामन्त्री (महिलातर्फ) मा प्रतिमा गौतम निर्वाचित

आईपीयूको १५३औँ महासभामा सहभागी भएर सभामुख डीपी अर्याल स्वदेश फर्किए

रसुवा–भोटेकोशी बाढीका मृतकको सम्झनामा आयोजित विशेष घेवामा प्रचण्ड सहभागी

नेपाली मौलिक स्वादको प्रवर्द्धन गर्न भोलिदेखि तेस्रो ‘पक्कु फेस्टिभल–२०८३’

दसैँ–तिहारमा नेपाल टेलिकमको विशेष अफर, ४९९ रुपैयाँदेखि अनलिमिटेड प्याकेज

स्थानीय निर्वाचनको तयारीमा एमाले, वडा र पालिका अधिवेशनको मिति सार्वजनिक

वर्षाले बीपी राजमार्ग अवरुद्ध, लेदो हटाएपछि यातायात सञ्चालन

शिक्षकलाई सवारीसाधन खरिदमा ८० प्रतिशतसम्म ब्याज सहुलियत दिने तयारी

महँगो आवासले नेपालीको स्वास्थ्य र भविष्यका योजनामा असर

दशैंका लागि तम्घासमा भेडा–च्याङ्ग्रा भित्रिए, करिब एक सय वटा बिक्रीमा

दशैंका यात्रुका लागि आजदेखि बसको अग्रिम टिकट बुकिङ सुरु

कांग्रेस निर्वाचनमा स्वतन्त्र विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिलाई गगनको अपिल

सोलुखुम्बुबाट सर्वाधिक मतसहित आङ्गेलु शेर्पा निर्वाचित, कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा ।

सेयर बजारमा गिरावट, ४ अर्बभन्दा बढीको कारोबार

एलपी ग्यासको सम्भावित अभाव रोक्न सुरक्षा निकायलाई पनि बिक्री अनुमति दिने तयारी

जलवायु न्यायलाई प्राथमिकतामा राखेर राष्ट्रसंघ महासभामा नेपालको सहभागिता

आकर्षक तलबको प्रलोभन देखाएर साइप्रस पठाउने भन्दै ठगी, युवक पक्राउ

सुनचाँदीको मूल्य उकालो, सुन तोलामा ५ सय बढ्यो

रसुवा भन्सारका १४ कर्मचारी अझै बेपत्ता, परिवारलाई अर्थमन्त्रीको साथ रहने प्रतिबद्धता

भोटेकोशी र कालीगण्डकी करिडोरको विपद् अध्ययन गर्न राष्ट्रियसभाले विशेष समिति गठन

फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु

प्रतिनिधिसभाले आर्थिक विषयका तीन विधेयक समितिमा पठायो

निजामती सेवा सुधारका लागि नयाँ आधार तयार हुन्छ : मन्त्री रावल

सुन प्रतितोला २ लाख ९३ हजार ३ सय, चाँदी ४ हजार ४२५ रुपैयाँ

असोज १६ गते रातिदेखि संघीय संसदको अधिवेशन अन्त्य

नेप्से ४.८२ अंकले घट्यो, कारोबार ४ अर्ब ७६ करोड

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

इन्द्रजात्राको समापनमा राष्ट्रपति पौडेलले गरे कुमारी, भैरव र गणेशको दर्शन

सुक्खा पहिरोले कान्तिलोकपथ अवरुद्ध, हटाउन समस्या

जम्मु-कश्मीरमा सीआईएसएफ जवानको गोलीकाण्ड, चार जनाको मृत्यु

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी

मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक : स्वास्थ्यमन्त्री

झापाको बुद्धशान्तिका २६ परिवारले ३६ वर्षपछि पाए जग्गाधनी पुर्जा

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवद्वारा विदाई भेट

भारी वर्षाका कारण कांग्रेसको महाधिवेशन उद्घाटन असोज १८ गते हुने

मनाङको हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुग्यो, आठ जना अझै बेपत्ता

नेप्से परिसूचक १६ अंकले घट्यो, कारोबार रकम साढे पाँच अर्ब नजिक

काभ्रेमा डेङ्गीको जोखिम कायमै, सतर्कता अपनाउन स्वास्थ्य कार्यालयको आग्रह

संसद्मा महिला, बालबालिका र स्वास्थ्यसम्बन्धी विधेयक प्रस्तुत

बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

आपत्तिजनक अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा

सांगीतिक यात्रा विस्तार गर्दै रिया खत्रीले सार्वजनिक गरिन् ‘युके शहर’

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

आज सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९९ हजार ३ सय

पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यराति नियन्त्रणमा लिइएको घटनाप्रति शंकर पोखरेलको आपत्ति

लागुऔषधसहित काठमाडौँ उपत्यकाबाट पाँच जना पक्राउ

नारायणी नदीले पार गर्‍यो सतर्कता तह, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

होटल व्यवसायको प्रवद्र्धन र व्यवसायीका समस्या समाधानमा जोड

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

चीनले दक्ष जनशक्ति र पुँजी बाहिरिन रोक्न विदेश यात्रा नियम कडा बनायो

भारी वर्षाबीच कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन

बाढीबाट क्षतिग्रस्त रसुवाका पूर्वाधार पुनर्निर्माणमा चीनको सहयोग माग

लगातार वर्षापछि कृष्णभीर सडकखण्डमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

मनोहरामा पानीको बहाव बढेपछि च्यासल क्षेत्र अनुगमनमा पुगे गृहमन्त्री

जलाशयको सतह बढ्न नदिन कुलेखानीका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन

एसियाली खेलकुदमा अफगानिस्तानलाई हराउँदै नेपाल ५ विकेटले विजयी

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

तामाका भाँडा चोरी गरेको आरोपमा कीर्तिपुरबाट तीन जना पक्राउ

भोटेकोशी बाढीको संसदीय समितिमा राष्ट्रियसभाको प्रतिनिधित्व माग

२०औँ एसियाली खेलकुदमा पुरुष क्रिकेटका खेल आजदेखि सुरु

भारी वर्षाको सम्भावनापछि कास्कीमा उच्च सतर्कता, रात्रिकालीन यातायातमा रोक

संवैधानिक निकायका पदाधिकारीलाई दोहोरो सुविधा रोक्ने गरी कानुन बनाउँदैछौँ : मन्त्री गौतम

बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

ललितपुरको जावलाखेलमा पुरुष मृत फेला, सनाखत हुन सकेन

प्रतिनिधिसभाबाट भुक्तानी तथा फर्स्योट विधेयकलाई सैद्धान्तिक स्वीकृति

सुन प्रतितोला ३ लाख २ हजार २ सय, चाँदी ४ हजार ८१५ रुपैयाँ

बिचौलियाको सिन्डिकेट जनप्रतिनिधि संस्थाभन्दा बलियो छ: विराजभक्त श्रेष्ठ

काठमाडौँ :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दछन्। नौ वर्षअघि विवेकशील नेपाली दल हुँदै राजनीतिमा प्रवेश गरेका पूर्वयुवा तथा खेलकुदमन्त्री श्रेष्ठ बागमती प्रदेशका पूर्वप्रदेशभा सदस्य हुन् ।

पर्यटन व्यवसायीसमेत रहेका उनी सम्पदा संरक्षणलगायत विभिन्न सामाजिक सेवामा आबद्ध छन् । काठमाडौँको इन्द्रचोकमा जन्मिनुभएका युवा सांसद श्रेष्ठसँग राससका प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने र समाचारदाता सुशील दर्नालले लिएकाे अन्तर्वार्ताको सम्पादित अंशः

माननीयज्यू, आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

पछिल्लो समय संसदीय गतिविधिमा अलि बढी व्यस्त छु । योसँगै काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मेरो निर्वाचन क्षेत्र भएकाले निर्वाचन क्षेत्रका काम अनि मतदातासँग भेटघाटमा समय बितिरहेको छ । निर्वाचन क्षेत्रमा सांस्कृतिक र संस्कृतिका सवालमा स्थानीयका गुनासो सुन्ने र त्यसको सम्बोधन गर्न सक्दो पहल गर्ने काम भइरहेको छ ।

अहिले भइरहेको संसदीय अभ्यासलाई कसरी हेर्नुभएको छ ?

संसद्ले गर्नुपर्ने धेरै काम छ । संविधान कार्यान्वयनकै चरणमा छ । संविधानबमोजिम संसद्ले समयसापेक्ष ऐन, कानून र नीतिहरू बनाउनुपर्ने छ । कानुन निर्माणमा सबै पक्षको तदारुकताको आवश्यकता छ । सङ्घ र प्रदेशको साझा अधिकारलाई कानुनमार्फत खुकुलो बनाइनुपर्ने छ । त्यसतर्फ संसद्को आवश्यक ध्यान पुग्नसकेको छैन । जसले जनआक्रोश बढाउन सहयोग पुर्याएको हो कि भन्ने लागेको छ । जुन उद्देश्यले संविधान ल्याएको हो, सोहीअनुसार प्रभावकारी काम नभएपछि जनतामा एक खालको आक्रोश देखिनुलाई अन्यथा भन्न मिल्दैन ।

संसद्मा परिवर्तनकारी र रुपान्तरकारी शक्तिबीचमै पनि हार्दिकता भएन भन्ने सुनिन्छ, यसबारे तपाईँको भनाइ के छ ?

हाम्रो पार्टीको उदय नै अरु पार्टीले देश र जनताको हितमा काम गर्न सकेनन् भन्ने कोणबाट भएको थियो । निर्वाचनमा पनि सोहीअनुरुप मत प्राप्त भयो । सरकारमा सहभागी भएपछि हामीप्रतिको आशामा परिवर्तन भयो । पार्टीको उदयसँगै हामीले सुशासन र सेवा प्रवाहका कुरा उठाएका थियौँ । किनभने कानुन कागजमा मात्र सीमित हुँदैन । मानिसले कानुनको अनुभूति गर्न पाउनुपर्छ । त्यो नहुँदा समाजमा द्वन्द्व सृजना गर्छ । समग्रमा सदनमा आआफ्ना दलीय एजेण्डा उठाए पनि एकअर्का नेता र दलप्रति सद्भाव र हार्दिकता कायमै छ ।

अहिले भइरहेको संसदीय अभ्यासलाई अझै उत्कृष्ट बनाउन कहाँनिर सुधार गर्नुपर्छ होला ?

अहिले जनताको प्राथमिकताको विषय सुशासन हो, त्यतातिर ठोस रूपमा काम हुनुपर्नेमा भएको छैन । सदन समयसापेक्ष कानुन बनाउने थलो हो । तर, गएको साढे दुई वर्षलाई समीक्षा गर्ने हो भने त्यतातिर ध्यान गएको देखिँदैन । कतिपय ठाउँमा राजनीतिक स्वार्थभन्दा पनि माथि उठेर काम गर्नुपर्ने हुन्छ । यसअघि म बागमती प्रदेश सांसद थिएँ । कानुन निर्माणमा हामी दत्तचित्त भएर लाग्यौँ, संसदीय समिति पनि सक्रिय बनायौँ । त्यो कार्यकालमा ६५ वटा कानुन बनाइयो । त्यसअनुसारको सङ्घीय सदनमा सक्रियता देखिन्न । सदनलाई चलायमान गराउन सरकारको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । किनभने विधेयक ल्याउने भनेको सरकारले नै हो । यहाँनिर ठूला दलको ध्यान पुग्न सकेन भन्ने मेरो बुझाइ छ ।

तपाईँ पूर्वमन्त्री पनि हुनुहुन्छ, तपाईँको बुझाइमा सरकार भनेको के रहेछ ?

सरकार भनेको राज्य सञ्चालन गर्न आवश्यक स्रोत साधन जुटाउने तथा परिचालनका लागि आवश्यक व्यवस्थापन गर्ने निकाय र अभिभावक हो । विकास भनेको कानुन र नीतिले गर्ने हो, मन्त्रीले होइन । खेल खेलाडीले खेल्ने हो, त्यसका निम्ति सरकारले नीति, नियम र कानुन बनाइदिने हो । मैले युवा तथा खेलकुदमन्त्री हुँदा पाँचवटा जति नीतिनिर्माणका काम गरेँ । त्यसबेला राष्ट्रिय स्वयंसेवा नीति अगाडि बढाइयो । मन्त्री र मन्त्रालयले चाहेको खण्डमा धेरै काम गर्न सक्ने ठाउँ छ । बजेट विनियोजनका हिसाबले युवा तथा खेलकुद मन्त्रालयलाई गरिब मन्त्रालयका रूपमा हेरिन्छ । तर ‘स्टेन्थ’ भनेको बजेटभन्दा पनि नीति हो । हामीले मौद्रिक नीतिलाई खेलसँग जोडेर कसरी लैजान सकिन्छ भनी काम गर्न कोसिस गरियो । खेलकुदलाई व्यावसायिक र प्राज्ञिक बनाउनेतर्फ पनि काम गरेका थियौँ । फलस्वरुप अहिले खेलाडी खेलबाट नै पैसा कमाएर जीवनयापन गर्न सक्ने भएको छ । नेपाली खेलाडीले नै देशलाई अन्तरराष्ट्रिय रूपमा चिनाएका छन् । तर, खेल र खेलाडीलाई त्यसअनुरुप बुझ्ने र सम्मान गर्ने काम हुनसकेको पाइँदैन ।

तपाईँहरूले उठाउँदै आएको सुशासनको मुद्दाले अहिले पार्टी नेतृत्वलाई नै अप्ठ्यारो बनायो भनिन्छ नि ?

हामी ठिक अरु सबै गलत भनेको होइन । तर, सुशासनका मुद्दाले नै हामी स्थापित भएको हो । त्यो कायम गर्ने क्रममा हामीलाई केही अप्ठ्यारो भएको हो । मैले खेलकुद मन्त्रालय सम्हाल्दै गर्दा मन्त्रालयको एउटा विभागमा रु एक अर्ब २७ करोडको भ्रष्टाचार भएको पाएँ । त्यो अवस्थामा सुशासन कायम गर्छुभन्दा घेराबन्दीमा परियो । देशमा राजनीतिक नेतृत्व, नीतिनियमभन्दा पनि बिचौलिया विस्तारै संस्थागत भइरहेकोजस्तो लाग्छ । बिचौलिया सबै क्षेत्रमा छन् । हरेक मन्त्रालयको आआफ्नो सिन्डिकेट रहेछ । त्यो सिन्डिकेट जनप्रतिनिधि संस्थाभन्दा पनि बलियो हुँदै गएको छ ।

पहिलोपटक सदनमा आएको रास्वपा त्यसबेला सरकारमा जान अलि हतारो गर्यो भनी आएका टीकाटिप्पणीलाइ के भन्नुहुन्छ ?

पहिलोपटक हाम्रो पार्टी सरकारमा सहभागी हुने बेलामा सभापतिजीले सोध्नु भएपछि मैले भने हामीलाई सरकारमा जाने ‘म्यान्डेट’ दिएका छैनन् भनेको थिएँ । तर सभापतिले यत्तिकै बसेर हुँदैन, जनताले सेवा प्रवाह खोजिरहेका छन् भन्नुभयो । संसद्को चौथो ठूलो दल हुनुका नाताले सरकारमा जानै हुन्न भन्ने पनि हुँदैन । त्यतिबेला सरकारलाई समर्थन गर्ने तर सरकारमा नजाने, गए पनि शर्तका आधारमा जाने, भरसक नजाने विषयमा सल्लाह दिएको थिए । तर सभापतिको चाहना जनताले तत्काल राहत खोजेकाले सुशासन र डेलिभरी दिन जानुपर्छ भन्ने भयो ।

युवा पलायनलाई कसरी विश्लेषण गर्नुभएको छ ?

युवा पलायनलाई एकतर्फी मात्र नभई बृहत्तर रूपमा हेरिनुपर्छ । मानिसको बसाइँ सर्ने विषय नियमित प्रक्रिया हो । यद्यपि, विदेश जानुको कारण भने खोज्ुनपर्छ । देशको राजनीतिक, सामाजिक वा बेरोजगारी के कारण युवा विदेश गएका हुन् भनी कारण पत्ता लगाउनुपर्छ । सेवा सुविधा आदि कारणले पहाडमा समस्या भयो भनी तराईमा बसाइँसराइ भएको कुरा यथार्थ हो । नौ महिना खेती गरेर तीन महिना पनि खान नपुगेपछि मानिस तराईमा सर्न बाध्य भएका हुन् । सुविधा खोज्दै बसाइँ सर्ने क्रम बढ्दो छ । त्यसैले युवा विदेश गएको विषयलाई पूर्ण रूपमा नकारात्मक परिभाषा पनि गर्नु हुँदैन । यद्यपि, रोजगारीमा विदेश जाने युवाका निम्ति रोजगारीका अवसर व्यवस्था राज्यले यही गर्नुपर्छ । युवालाई विदेश पठाउने हो भने दक्ष बनाएर मात्र पठाउनुपर्छ । युवा पलायन हुनु भनेको राजनीतिमा भ्रष्टाचार पनि हो ।

तपाईँहरूले भनेजस्तो मुलुकमा सुशासन कसरी कायम गर्न के गर्न सकिएला ?

अहिले प्रमुख दुई ठूला दल मिलेर गठन भएको सरकार दुईतिहाइको छ । सुशासन कायम गर्ने हो भने सरकारलाई उपयुक्त समय छ । संविधान संशोधन, कानुन र नीतिनियम नै परिवर्तन गर्न सक्ने बहुमत छ । उनीहरूको सत्ता सञ्चालनको लामो अनुभव पनि छ । यी सबै कारणले वर्तमान सरकारलाई देशमा सुशासन काम गर्न बाटो खुला छ । तर सुशासन कायम हुनसकेको छैन । सुशासनको सवालमा जनताले धेरै ठूलो कुरा खोजेको पनि होइन । बत्ती झ्याप्पझ्याप्प नजाओस्, बाढीले घर नबगाओस्, राज्यबाट प्रदान गरिने सेवासुविधा लिन जाँदा आत्मसम्मानमा ठेस नपुगोस् भन्ने जनताले खाजेको छ ।

संविधान संशोधनको विषयमा तपाईँको पार्टीको धारणा के हो ?

जनतालाई तीनवटा विषय हेरिदिन अनुरोध गर्दछु । पार्टीको वाचापत्र, जलेश्वरको प्रस्तावना र पछिल्लो राष्ट्रिय भेलाको दस्तावेजलाई बुझ्नुपर्छ । त्यहाँ भद्दाखाले शासकीय स्वरुपमा संशोधन गर्नुपर्छ भनेका छौँ । यसअघि म प्रदेशको सांसद थिएँ, तथापि प्रदेश सरकारको औचित्यमा प्रश्न उठेको छ । जनतालाई हामीले रगतपसिना बगाएर तिरेको करबाट सांसद र मन्त्रीले तलब खाएका छन्, तर काम गरेका छैनन् भन्ने परेको छ । हामीले तिरेको करले दुईचार जना मन्त्रीलाई झण्डा हल्लाउन मात्र हो र भन्ने छ । स्थानीय तहको सङ्ख्या र निर्वाचन प्रणालीमा संविधान संशोधन गर्नुपर्छ भन्ने छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुनुपर्छ भन्ने पार्टीको धारणा हो । यी विषय जनतामा लगेर छलफल गरिनुपर्छ । संविधान संशोधनका क्रममा जनताबाट लिएको सुझावलाई पनि अध्ययन गरी सम्बोधन गर्नुपर्छ ।

अन्त्यमा, आमजनतालाई तपाईँको सन्देश के छ ?

देश बनाउने भनेको राजनीतिक नेतृत्वले मात्र होइन । आमनागरिकको पनि उत्तिकै भूमिका हुन्छ । हामी सबैले अतिकति सकारात्मक सोच राखेर काम गरियो भने देशमा परिवर्तन गर्न सकिन्छ । रचनात्मक हिसाबले हामीले काम गर्न सकेको खण्डमा देश विकासको सम्भावना खोज्न सक्छौँ । त्यसका लागि नागरिक पनि विवेकशील हुनुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय