काठमाडौँ :- गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको हुन पनि नसक्ने प्रस्टीकरण दिएका छन् ।
आज राप्रपा र रास्वपाको विरोधकाबिच संसदमा आफूमाथि उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो प्रस्टीकरण दिएका हुन् ।
त्यसक्रममा उनले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा आरोप लगाइएको भन्दै त्यसको खेद व्यक्त गरे । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय कार्यालय प्रमुख भिजिट भिसाका सम्बन्धमा अख्तियारले बोलाएको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको हुँ । त्यसबारेमा मेरो समेत संलग्नता छ भनेर सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन,उक्त कार्यमा मेरो कुनै संलग्नता छैन । हुन सक्दैन’, गृहमन्त्री लेखकको भनाइ छ ।
उनले भिजिट भिसाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् । कार्यकालमा भिजिट भिसामा धेरै मानिस गए भनेर भाष्य सिर्जना गर्न खोजिएको उल्लेख गर्दै उनले भने, ‘भिजिट भिसामा केही समस्या छन् तर, यो समस्या मेरो कार्यकालमा सुरु भएको होइन ।’
आफ्नो विरुद्धमा षड्यन्त्रमूलक ढङ्गले आक्रमण गर्ने प्रयास भएको उनले बताए । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका यसअघिका प्रमुख सहसचिव तीर्थ भट्टराईलाई अख्तियारले बोलाएको कुरा आफूले सञ्चार माध्यमबाट थापा पाएको उनले बताए । उनले भने, ‘यो काममा मेरो संलग्नता छैन ।’




