काठमाडौँ :- नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभा सदस्य सुरेश आलेमगरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् ।
आज राष्ट्रियसभाको बैठकमा बोल्दै उनले राजीनामा दिएर लेखकले मार्गप्रशस्त गर्नुपर्ने बताए । गृहमन्त्रीको नैतिकता र इमान्दारितामा शंका नभए पनि उनी मातहतको कार्यालयमा रहेका व्यक्तिको छानबिनमा सहयोग गर्नकै लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्नेमा उनको भनाइ छ ।
“भिजिट भिसालाई हामीले छोड्न चाहन्थ्यौँ । तर, यो भिजिट भिसाले हामीलाई छोडेन । त्यसैले हामीले यसलाई पकडिरहेका छौँ,” उनले भने ।
उनले अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित अन्य व्यक्तिको छानबिनमा सहजताका लागि गृहमन्त्रीको राजीनामा माग गरिएको स्पष्ट पारे ।




