काठमाडौँ :- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेताहरूको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक रहेको बताएका छन् ।
आज शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको राधेश्याम जोन्छेको पूर्णकदको शालिक अनावरण तथा प्रतिष्ठानको भवन उद्घाटन गर्दै उनले नेताहरूको योगदानका बारेमा किताबहरूमा प्रकाशन गरेर प्रचार प्रसार गर्न आवश्यक रहेको बताएका हुन् ।
राधेश्याम जोन्छे जुझारु नेताको रूपमा परिचित रहेको उनले स्मरण गरे । उनले नेताहरूको स्मृतिमा प्रतिष्ठान बनाएर समाजसेवाको काम अघि बढाउन सकारात्मक भएको जिकिर गरे ।




