काठमाडौँ :- गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलहरुले संसदको गतिरोध जारी राख्दा सभामुख सभामुख देवराज घिमिरे असन्तुष्ट बनेका छन् ।
आज काठमाडौँमा आयोजित डिप्लोमा इन्जिनियर्स एसोशिएसनको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभाको बैठक चल्न नसक्दा महत्वपूर्ण विधेयक अगाडि बढाउन नपाएको र कानुन बनाउन सबै गम्भीर हुनुपर्ने बताए ।
उनले अगाडि भने, ‘यहाँहरुले देख्नु भएकै छ । हाम्रो गाउँघरतिर एउटा उखान छ– म पछार्न त पछार्ने थिएँ तर मलाई खुट्टै टेक्नै दिएन’ ।
अर्थात, संसद नचल्दा कानुन निर्माण प्रक्रिया प्रभावित भएको उनको भनाइ छ । ‘धेरै विधेयकलाई कानुनको रुपमा दिन तल्लिन छौं । तर, संसदै चल्न नसक्ने परिस्थिति निर्माण भइरहेको छ ।’




