काठमाडौँ :- उच्च अदालत पाटनले प्रदर्शनमा लगाएको रोक हटाएपछि लालीबजार शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।
निर्देशक यम थापा का अनुसार चलचित्रमा फरक पुस्ताका आमा र छोरीको कथा प्रस्तुत गरिएको छ ।
उहाँले चलचित्रलाई परिवारसँग बसेर हेर्न मिल्ने भावनात्मक कथावस्तुमा आधारित रहेको बताउनुभयो ।
अभिनेत्री स्वस्तिमा खड्का ले विशेष प्रदर्शनपछि प्राप्त सकारात्मक प्रतिक्रियाले आफू उत्साहित भएको बताउनुभयो । उहाँले चलचित्रले आमा र छोरीबीचको सम्बन्धलाई सबैले महसुस गर्ने ढङ्गले प्रस्तुत गरेको उल्लेख गर्नुभयो ।




