ट्रेन्डिङ

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको ज्यान गयो

नेपाल पूर्वाधार सम्मेलनअघि कानुनी सुधारलाई तीव्रता

सुनको मूल्यमा उछाल, चाँदीको भाउ पनि बढ्यो

अतिक्रमित त्रिविको जग्गा फिर्ता, अब शैक्षिक पूर्वाधारमा उपयोग गरिने

सरकारका पछिल्ला निर्णयबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक आज

डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा चार सदस्यीय समिति गठन

समस्याग्रस्त ७ सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ता

दिल्लीमा वायु प्रदूषणको स्तरमा वृद्धि, दीपावलीमा थप खराब हुने आशङ्का

मनोज केसीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने मन्त्रिपरिषद्को निर्णय

कुखुराको मासुको मूल्य घट्यो

परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

रौतहटमा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर १९ वर्षीय युवकको मृत्यु

काठमाडौंमा गैरकानुनी रूपमा बस्दै आएका पाँच विदेशी नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा

वैकल्पिक विकास वित्त कोषको सीईओका लागि पाँच जना सर्टलिस्ट

६ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट नदिने मुख्यमन्त्रीको घोषणा

समाजसेवी हुमागाई र लामाद्वारा पुरानागाउँ स्वास्थ्य चौकीलाई औषधि सहयोग ।

धरानमा गाँजा तस्करीको प्रयास विफल, २१० किलो गाँजासहित पाँच जना प्रहरी नियन्त्रणमा

आज एनपीएलमा चार टोलीबीच प्रतिस्पर्धा, कर्णाली र चितवनको अपराजित यात्रा कायम रहला?

मझिमटारमा आकाशे पुलको गर्डर राखिँदै, मलेखु–मुग्लिङ सडक बन्द हुने

ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

सरकार स्वेच्छाचारी शैलीतर्फ अग्रसर भएको गगन थापाको आरोप

एनपीएलमा आज एक खेल हुँदै, जनकपुर र पोखराबीच प्रतिस्पर्धा

गगन थापासहित कांग्रेस शीर्ष नेताहरूको विशेष बैठक आज, के छ एजेन्डा?

नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीले कति तिर्नुपर्छ?

मिठाई पसलमा कच्चा पदार्थ, म्याद र मूल्य स्पष्ट राख्न व्यवसायीलाई निर्देशन

सिरहा अदालत परिसरबाट फरार भएका थुनुवा पक्राउ

कमला पुल निर्माण तीव्र, मंसिर पहिलो साताभित्र सञ्चालनमा ल्याउने लक्ष्य

कोरी लेकमा लेक लागेर बिरामी परेकी २५ वर्षीया युवतीको हेलिकप्टरबाट उद्धार

नेप्से परिसूचक ३१ अंकले बढ्यो, कारोबार ८ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी

एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो जित, काठमाडौं गोर्खाज ८ विकेटले पराजित

दिउँसो २ बजे प्रहरीको पीसीसी बैठक बस्दै

आज सुन तोलामा ३०० रुपैयाँले महँगियो

कांग्रेसका २३० केन्द्रीय सदस्यले आज शपथ लिने

इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकी प्रदेशका सर्वोत्कृष्ट प्रहरी घोषित।

चेक बाउन्स प्रकरणमा प्रशान्त बहादुर पाठक पक्राउ।

पोखरामा स्कुटर दुर्घटना हुँदा आशिष कुँवरको मृत्यु

एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

जलवायुजन्य विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्यमा जोड

चक्रवात ‘अरनब’को प्रभावले कात्तिक १३ र १४ गते भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न सरकारले दियो आशयपत्र

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन कमजोर, सरकार गठनमा अन्योल

गाभीले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोडको खोप उपलब्ध गराउने

सहकारी पीडितको पीडा सुन्दै मन्त्री रावल, बचत फिर्ताका लागि पहल गर्ने प्रतिबद्धता

बजारमा सुन महँगियो, चाँदीको मूल्य घट्यो

चितवनमा बस, ट्रक र माइक्रोबस ठोक्किए, ११ जना घाइते

झापामा अलकत्रा प्लान्टमा आगलागी, एक घाइते, २० लाखको क्षति

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

नेपाली बजारमा सुन तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदीको मूल्य पनि उकालो

बबरमहलको आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने

भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा

पोखरामा मोटरसाइकलको ठक्करबाट ६१ वर्षीय पैदलयात्रीको मृत्यु

ब्रेक फेल भएपछि बस खोल्सामा खस्यो, म्यानमामा ६ जनाको मृत्यु

नेपालले असोजमा भारततर्फ गर्‍यो रु. ५ अर्ब ९२ करोडको विद्युत् निर्यात

चितवनमा दसैँ अवधिमा सवारी दुर्घटना ७३ प्रतिशतले घट्यो

आजको विदेशी मुद्रा विनिमय दर

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १७ अर्ब ९४ करोड रुपैयाँ मौज्दात

टेस्ला र स्पेसएक्सको प्रविधि समेटिएको नयाँ रोडस्टर सार्वजनिक

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

प्रहरी सङ्गठनलाई सक्षम र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

बजारमा सुनचाँदीको मूल्य उकालो लाग्यो

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत गरी आवागमन सहज बनाइयो

मन्त्रिपरिषद बैठक सिंहदरवारमा

कांग्रेस सहमहामन्त्री (महिलातर्फ) मा प्रतिमा गौतम निर्वाचित

आईपीयूको १५३औँ महासभामा सहभागी भएर सभामुख डीपी अर्याल स्वदेश फर्किए

रसुवा–भोटेकोशी बाढीका मृतकको सम्झनामा आयोजित विशेष घेवामा प्रचण्ड सहभागी

नेपाली मौलिक स्वादको प्रवर्द्धन गर्न भोलिदेखि तेस्रो ‘पक्कु फेस्टिभल–२०८३’

दसैँ–तिहारमा नेपाल टेलिकमको विशेष अफर, ४९९ रुपैयाँदेखि अनलिमिटेड प्याकेज

स्थानीय निर्वाचनको तयारीमा एमाले, वडा र पालिका अधिवेशनको मिति सार्वजनिक

वर्षाले बीपी राजमार्ग अवरुद्ध, लेदो हटाएपछि यातायात सञ्चालन

शिक्षकलाई सवारीसाधन खरिदमा ८० प्रतिशतसम्म ब्याज सहुलियत दिने तयारी

महँगो आवासले नेपालीको स्वास्थ्य र भविष्यका योजनामा असर

दशैंका लागि तम्घासमा भेडा–च्याङ्ग्रा भित्रिए, करिब एक सय वटा बिक्रीमा

दशैंका यात्रुका लागि आजदेखि बसको अग्रिम टिकट बुकिङ सुरु

कांग्रेस निर्वाचनमा स्वतन्त्र विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिलाई गगनको अपिल

सोलुखुम्बुबाट सर्वाधिक मतसहित आङ्गेलु शेर्पा निर्वाचित, कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा ।

सेयर बजारमा गिरावट, ४ अर्बभन्दा बढीको कारोबार

एलपी ग्यासको सम्भावित अभाव रोक्न सुरक्षा निकायलाई पनि बिक्री अनुमति दिने तयारी

जलवायु न्यायलाई प्राथमिकतामा राखेर राष्ट्रसंघ महासभामा नेपालको सहभागिता

आकर्षक तलबको प्रलोभन देखाएर साइप्रस पठाउने भन्दै ठगी, युवक पक्राउ

सुनचाँदीको मूल्य उकालो, सुन तोलामा ५ सय बढ्यो

रसुवा भन्सारका १४ कर्मचारी अझै बेपत्ता, परिवारलाई अर्थमन्त्रीको साथ रहने प्रतिबद्धता

भोटेकोशी र कालीगण्डकी करिडोरको विपद् अध्ययन गर्न राष्ट्रियसभाले विशेष समिति गठन

फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु

प्रतिनिधिसभाले आर्थिक विषयका तीन विधेयक समितिमा पठायो

निजामती सेवा सुधारका लागि नयाँ आधार तयार हुन्छ : मन्त्री रावल

सुन प्रतितोला २ लाख ९३ हजार ३ सय, चाँदी ४ हजार ४२५ रुपैयाँ

असोज १६ गते रातिदेखि संघीय संसदको अधिवेशन अन्त्य

नेप्से ४.८२ अंकले घट्यो, कारोबार ४ अर्ब ७६ करोड

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

इन्द्रजात्राको समापनमा राष्ट्रपति पौडेलले गरे कुमारी, भैरव र गणेशको दर्शन

सुक्खा पहिरोले कान्तिलोकपथ अवरुद्ध, हटाउन समस्या

जम्मु-कश्मीरमा सीआईएसएफ जवानको गोलीकाण्ड, चार जनाको मृत्यु

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी

मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक : स्वास्थ्यमन्त्री

झापाको बुद्धशान्तिका २६ परिवारले ३६ वर्षपछि पाए जग्गाधनी पुर्जा

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवद्वारा विदाई भेट

भारी वर्षाका कारण कांग्रेसको महाधिवेशन उद्घाटन असोज १८ गते हुने

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार अझ व्यापक रुपमा विकास परियोजना अगाडि बढ्ने बताएका छन् ।

संविधान दिवस, २०७७ का अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले आगामी दिनमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनता अझै सुदृढ हुँदै जाने विश्वास दिलाए ।

‘राष्ट्रिय स्वाधिनता र एकताको दृष्टिले यो बीचमा केही ऐतिहासक काम भएका छन् । सीमानाका समस्या समाधान गर्ने तथा हाम्रो भूगोललाई आफ्नो नक्सामा आबद्ध गरेर त्यो भूगोल फिर्ता गर्ने सङ्कल्प नेपाली जनता, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि सबैले संकल्प गरेको स्थिति छ’, अध्यक्ष दाहालले भनेका छन्, ‘भोलिका निम्ति सुखद् संकेत यसभित्र छ ।’

उनले संविधान दिवसको ऐतिहासिक अवसरले हामी सबैमा एकताका, शान्ति र समृद्धिको नयाँ संकल्प लिने दिनका रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । राष्ट्रिय एकता, स्वाधिनता, आत्मसम्मानको अभिवृद्धि गर्न पनि संविधान दिवसले मद्धत गर्ने उनको विश्वास छ ।

‘देशलाई आर्थिक समृद्धि र संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राज्य बनाउनका निम्ति नेपाली जनता, राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीविलगायत संकल्प गर्ने दिनका रुपमा रहने छ’, उनले भने, ‘आउनुहोस् हामी सबै एक हौँ । सबै एक भएर राष्ट्रको एकता र समृद्धिको आकांक्षा पूर्ति गर्नका निम्ति अगाडि बर्ढौँ ।’

संविधानले निर्दिष्ट गरेका मौलिक अधिकारसँग सम्बन्धित होस्, या स्थानीय तह, प्रादेशिक तह वा सङ्घीय संरचनासँग समबन्धित अनगिन्त ऐन कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले समयमै निर्माण गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेकपा नेतृत्वको सरकारले अन्तर्राष्टिय सम्बन्धलाई सहज बनाउने, खासगरी छिमेकीसँगको सम्बन्धलाई सुदृढ गर्ने कुरामा समेत विशेष ध्यान दिएको बताए ।

‘पूर्वाधार विकास र निर्माणमा पनि हामी अगाडि बढेका छौँ तर नेपाली जनताले हामीलाई अपार विश्वास गरेर मतदान गर्ने बेलामा जसरी अपेक्षा गरेका थिए । निकै तीव्र गतिमा आर्थिक विकास हुनेछ । निकै तीव्र गतिमा सामाजिक न्याय कायम हुनेछ र समृद्धिको एउटा नयाँ दौडमा अब नेपाल तीव्र बेगमा अगाडि बढ्नेछ भन्ने अपेक्षा अझै पूरा भएको छैन भन्ने जनगुनासो हामीले सुनेका छौँ’, उनले सन्देशमा भनेका छन् ।

‘यसबीचमा धेरै उतारचढाव पनि भए, एकतातिर स्वयम् सरकारको नेतृत्व गर्ने पार्टीभित्र विचार र बहसका कुरा, अर्कातिर देश र दुनियाँमा कोभिड–१९ को महामारीका कारण अप्ठ्यारो र जटिल परिस्थिति पैदा भयो । फेरि पनि हामीले आफ्नो पार्टीभित्रको एकतालाई पनि नयाँ शिराबाट अगाडि बढाउँदै कोरोनाविरुद्धको अभियानलाई पनि अझ बढी प्रभावकारी बनाउने प्रतिबद्धताका साथ अगाडि बढेका छौँ ।’

संविधानसभाबाट संविधान निर्माण प्रक्रियालाई आफैँमा एउटा ऐतिहासिक महत्वको राजनीतिक परिघटनाका रुपमा लिँदै उनले नेपालमा २००७ सालमा संविधानसभाबाट संविधान बनाउने कुरा उठे पनि ऐतिहासिक जनयुद्ध, बाह्रबुँदे समझदारी र ऐतिहासिक जनआन्दोलनको संयोजनबाट नेपालमा संविधानसभाको निर्वाचनमार्फत नेपाली जनताको चाहना पूरा हुने अवस्था बनेको बताए ।

‘यद्यपि त्यो पनि निकै जटिल र चुनौतीपूर्ण ढङ्गले अगाडि बढ्यो । पहिलो संविधानसभा सफल भएन र दोस्रो संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गाणतन्त्रात्मक संविधान निर्माण भयो,’ अध्यक्ष दाहालले स्मरण गर्दै भनेका छन्, ‘यो आफैमा मौलिक, गम्भीर र दूरगामी महत्वको परिघटना हो । आज हामी सङ्घीय लोकतन्त्रिक गणतन्त्रको संविधानमा लिपिबद्ध भएको विचार भावना र मान्यतालाई व्यहारमा उतार्ने प्रक्रियामा छौँ । यो ठूलो राजनीतिक परिवर्तनेको युगान्तकारि परिवर्तन हो किनकी राजतन्त्रबाट गणतन्त्रमा, एकात्मकताबाट सङ्घीयतामा, समावेशीता र समानुपातिकतामा र त्यसपछि धर्म सापेक्षताबाट धर्म निरपेक्षतामा जाने कुरा एउटा युगान्तकारी राजनीतिक परिवर्तनको द्योतक हो ।’

नेपालको बृहत एकता, यसको राष्ट्रिय स्वाधितनता, आत्मसम्मानको वृद्धि र नेपाली जनताको समृद्धिको आकांक्षा संविधानको अपेक्षाका रुपमा रहेको उल्लेख गर्दै उहाँले इतिहासको मूल्याङ्कनको दृष्टिले पाँच वर्षलाई लामो समयका रुपमा लिन नहुने बताए ।

‘यो लामो समय होइन तर फेरि पनि यसले के संकेत गर्छ भन्ने महत्वपूर्ण छ । यो पाँच वर्षमा संविधान घोषणा भयो । संविधान घोषणा भए पछि पनि निर्वाचत हुने हो की होइन भन्ने प्रश्न थियो’, उनले भने, ‘किनकी संविधान घोषणापछि मुख्यतः तराई मधेसमा असन्तुष्टिको स्थिति थियो । त्यसलाई पनि सामेल गरेर निर्वाचन तिर जाने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने चुनौती हाम्रो अगाडि थियो । हामीले त्यसलाई पार ग¥यौँ, मलाई खुसी र गर्व पनि छ ।’

संविधासभाको निर्वाचनमा देशमा लैजानका निम्ति आफ्नै नेतृत्वमा सञ्चालित जनयुद्ध, त्यसपछि सात राजनीतिक दल र नेकपा माओवादीले गरेको बाह्रबुँदे समझदारी र ऐतिहासक जनआन्दोलन हुँदै देश अन्तत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा हुने ठाउँमा आइपुगेको स्मरण गर्दै उनले भने, ‘यो कम गौरवको कुरा होइन्, आम नेपाली र त्यसका लागि अनवरत सङ्घर्ष गर्ने र त्यसको नेतृत्व गर्ने पात्रको हैसियतले मलाई गर्वको अनुभूति हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय