काठमाडौँ :- स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। छापावाल सुन प्रतितोला रु. २ हजार ३०० घटेर रु. २ लाख ९९ हजार ५०० कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला रु. ६० घटेर रु. ४ हजार ६२५ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला रु. ३ लाख १ हजार ८०० र चाँदी रु. ४ हजार ६८५ मा कारोबार भएको थियो।












