धादिङ :- कृष्णभीरमा नयाँ ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको काम अन्तिम चरणमा पुगेको छ। इन्जिनियर धीरज ढकालका अनुसार आज साँझसम्म सबै काम पूरा गर्ने लक्ष्य राखिएको छ।
काम सम्पन्न भए बिहीबार बिहान ६ बजेदेखि दुईतर्फी यातायात सञ्चालन गरिनेछ। सडक अवरुद्ध हुँदा लामो समयदेखि रोकिएका ठूला सवारीसाधनलाई समेत आवागमनमा सहजता हुने अपेक्षा गरिएको छ।












