रसुवा :- भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि खोजीका क्रममा चिलिमे जलविद्युत् आयोजनामा ३ वटा शव फेला परेका छन्। बुधबार दिउँसो उद्धार टोलीले शव फेला पारेको हो।
फेला परेका शव निकाल्ने प्रयास भइरहेको छ। बाढीपछि चिलिमे आयोजनाका ६ जना अझै सम्पर्कविहीन छन्।












