काठमाडौँ :- विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद् आउनुअघि नै जोखिमको जानकारी पाउन एआई र भू–उपग्रह प्रविधिमा आधारित पूर्वचेतावनी प्रणाली विकास गर्ने तयारी भइरहेको बताएका छन्।
उनले विपद्को वास्तविक अवस्थाको निरन्तर निगरानी र पूर्वानुमानका लागि ‘सिचुएसन रुम’ बनाउने तथा उद्धार कार्यमा ड्रोन र रोबोटिक्सको प्रयोग बढाउने योजना रहेको बताए।












