काठमाडौं :- नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्। उनलाई सम्पत्ति शुद्धीकरण विभागले सोमबार नियन्त्रणमा लिएको हो।
प्रहरी स्रोतका अनुसार पौडेललाई पक्राउ गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रकरणमा थप अनुसन्धान अघि बढाइएको छ।
गृह मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि उनलाई सुर्खेतबाट पक्राउ गरिएको हो। घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी रहेको छ।










