काठमाडौं :- इरानले स्विट्जरल्याण्डमा अमेरिकासँग हुने आगामी वार्तामा लेबनानमा इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वलाई प्रमुख एजेन्डाका रूपमा उठाउने जनाएको छ।
इरानको सरकारी समाचार संस्था ‘इर्ना’ले सार्वजनिक गरेको भिडियो सन्देशमा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाइले इजरायलले लेबनानसम्बन्धी आफ्ना प्रतिबद्धता उल्लङ्घ गरिरहेको आरोप लगाउँदै उक्त विषय वार्ताको केन्द्रमा रहने बताएका छन्।
उनका अनुसार वार्तामा इरानमाथि लगाइएका आर्थिक प्रतिबन्धका कारण रोक्का गरिएका सम्पत्ति फुकुवा गर्ने विषय, साथै इरानी तेल बिक्रीका लागि आवश्यक अनुमति तथा इजाजतपत्र जारी गर्ने सम्बन्धमा पनि छलफल हुनेछ।
इरान र अमेरिकाबीच हुने यस वार्तामा क्षेत्रीय सुरक्षा, आर्थिक प्रतिबन्ध तथा अन्य द्विपक्षीय चासोका विषयमा समेत विचारविमर्श हुने जनाइएको छ।










