काठमाडौं :- बाजुराको साँफे–मार्तडी राजमार्गअन्तर्गत बुढीगङ्गा नगरपालिका–१० स्थित रिठा बजार नजिक आज बस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन्।
महेन्द्रनगरबाट यात्रु बोकेर गइरहेको सुपप्र ०१–००१ ख १३५५ नम्बरको बसको ब्रेक फेल भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए।
दुर्घटनालगत्तै प्रहरी टोली उद्धारमा खटिएको थियो। घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।










