ट्रेन्डिङ

नेपाली मौलिक स्वादको प्रवर्द्धन गर्न भोलिदेखि तेस्रो ‘पक्कु फेस्टिभल–२०८३’

दसैँ–तिहारमा नेपाल टेलिकमको विशेष अफर, ४९९ रुपैयाँदेखि अनलिमिटेड प्याकेज

स्थानीय निर्वाचनको तयारीमा एमाले, वडा र पालिका अधिवेशनको मिति सार्वजनिक

वर्षाले बीपी राजमार्ग अवरुद्ध, लेदो हटाएपछि यातायात सञ्चालन

शिक्षकलाई सवारीसाधन खरिदमा ८० प्रतिशतसम्म ब्याज सहुलियत दिने तयारी

महँगो आवासले नेपालीको स्वास्थ्य र भविष्यका योजनामा असर

दशैंका लागि तम्घासमा भेडा–च्याङ्ग्रा भित्रिए, करिब एक सय वटा बिक्रीमा

दशैंका यात्रुका लागि आजदेखि बसको अग्रिम टिकट बुकिङ सुरु

कांग्रेस निर्वाचनमा स्वतन्त्र विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिलाई गगनको अपिल

सोलुखुम्बुबाट सर्वाधिक मतसहित आङ्गेलु शेर्पा निर्वाचित, कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा ।

सेयर बजारमा गिरावट, ४ अर्बभन्दा बढीको कारोबार

एलपी ग्यासको सम्भावित अभाव रोक्न सुरक्षा निकायलाई पनि बिक्री अनुमति दिने तयारी

जलवायु न्यायलाई प्राथमिकतामा राखेर राष्ट्रसंघ महासभामा नेपालको सहभागिता

आकर्षक तलबको प्रलोभन देखाएर साइप्रस पठाउने भन्दै ठगी, युवक पक्राउ

सुनचाँदीको मूल्य उकालो, सुन तोलामा ५ सय बढ्यो

रसुवा भन्सारका १४ कर्मचारी अझै बेपत्ता, परिवारलाई अर्थमन्त्रीको साथ रहने प्रतिबद्धता

भोटेकोशी र कालीगण्डकी करिडोरको विपद् अध्ययन गर्न राष्ट्रियसभाले विशेष समिति गठन

फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु

प्रतिनिधिसभाले आर्थिक विषयका तीन विधेयक समितिमा पठायो

निजामती सेवा सुधारका लागि नयाँ आधार तयार हुन्छ : मन्त्री रावल

सुन प्रतितोला २ लाख ९३ हजार ३ सय, चाँदी ४ हजार ४२५ रुपैयाँ

असोज १६ गते रातिदेखि संघीय संसदको अधिवेशन अन्त्य

नेप्से ४.८२ अंकले घट्यो, कारोबार ४ अर्ब ७६ करोड

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

इन्द्रजात्राको समापनमा राष्ट्रपति पौडेलले गरे कुमारी, भैरव र गणेशको दर्शन

सुक्खा पहिरोले कान्तिलोकपथ अवरुद्ध, हटाउन समस्या

जम्मु-कश्मीरमा सीआईएसएफ जवानको गोलीकाण्ड, चार जनाको मृत्यु

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी

मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक : स्वास्थ्यमन्त्री

झापाको बुद्धशान्तिका २६ परिवारले ३६ वर्षपछि पाए जग्गाधनी पुर्जा

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवद्वारा विदाई भेट

भारी वर्षाका कारण कांग्रेसको महाधिवेशन उद्घाटन असोज १८ गते हुने

मनाङको हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुग्यो, आठ जना अझै बेपत्ता

नेप्से परिसूचक १६ अंकले घट्यो, कारोबार रकम साढे पाँच अर्ब नजिक

काभ्रेमा डेङ्गीको जोखिम कायमै, सतर्कता अपनाउन स्वास्थ्य कार्यालयको आग्रह

संसद्मा महिला, बालबालिका र स्वास्थ्यसम्बन्धी विधेयक प्रस्तुत

बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

आपत्तिजनक अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा

सांगीतिक यात्रा विस्तार गर्दै रिया खत्रीले सार्वजनिक गरिन् ‘युके शहर’

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

आज सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९९ हजार ३ सय

पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यराति नियन्त्रणमा लिइएको घटनाप्रति शंकर पोखरेलको आपत्ति

लागुऔषधसहित काठमाडौँ उपत्यकाबाट पाँच जना पक्राउ

नारायणी नदीले पार गर्‍यो सतर्कता तह, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

होटल व्यवसायको प्रवद्र्धन र व्यवसायीका समस्या समाधानमा जोड

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

चीनले दक्ष जनशक्ति र पुँजी बाहिरिन रोक्न विदेश यात्रा नियम कडा बनायो

भारी वर्षाबीच कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन

बाढीबाट क्षतिग्रस्त रसुवाका पूर्वाधार पुनर्निर्माणमा चीनको सहयोग माग

लगातार वर्षापछि कृष्णभीर सडकखण्डमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

मनोहरामा पानीको बहाव बढेपछि च्यासल क्षेत्र अनुगमनमा पुगे गृहमन्त्री

जलाशयको सतह बढ्न नदिन कुलेखानीका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन

एसियाली खेलकुदमा अफगानिस्तानलाई हराउँदै नेपाल ५ विकेटले विजयी

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

तामाका भाँडा चोरी गरेको आरोपमा कीर्तिपुरबाट तीन जना पक्राउ

भोटेकोशी बाढीको संसदीय समितिमा राष्ट्रियसभाको प्रतिनिधित्व माग

२०औँ एसियाली खेलकुदमा पुरुष क्रिकेटका खेल आजदेखि सुरु

भारी वर्षाको सम्भावनापछि कास्कीमा उच्च सतर्कता, रात्रिकालीन यातायातमा रोक

संवैधानिक निकायका पदाधिकारीलाई दोहोरो सुविधा रोक्ने गरी कानुन बनाउँदैछौँ : मन्त्री गौतम

बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

ललितपुरको जावलाखेलमा पुरुष मृत फेला, सनाखत हुन सकेन

प्रतिनिधिसभाबाट भुक्तानी तथा फर्स्योट विधेयकलाई सैद्धान्तिक स्वीकृति

सुन प्रतितोला ३ लाख २ हजार २ सय, चाँदी ४ हजार ८१५ रुपैयाँ

विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको भूमिका बढाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सेयर बजारमा हरियाली, नेप्से २६५४ अंकमा

समुद्री जैविक विविधता सम्झौता अनुमोदनमा संसद् एकमत

सांसदहरूले उठाए बाढी उद्धार, न्यायालय सुधार र हवाई सुरक्षाका सवाल

श्रमिकको पारिश्रमिक र सामाजिक सुरक्षा कटौती हुने गरी सम्झौता नगर्न सर्वोच्चको आदेश

मतदाता नामावलीमा त्रुटि भए असोज १२ भित्र सच्याउन सकिने

भारी वर्षाको सम्भावना, बागमती सरकारले नागरिकलाई सावधानी अपनाउन भन्यो

३० लाख दिने भन्दै बोलाए, नक्कली नोट थमाएर ठगी गरेको आरोप

एमाले पुनर्निर्माण र लोकतन्त्र रक्षालाई प्राथमिकता : ओली

बस आगलागी घटनाको अनुसन्धान गर्न चार सदस्यीय समिति

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

एमाले केन्द्रीय सचिवालय बैठक सुरु, केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरिँदै

भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा करिब १५ अर्ब जम्मा

चाडपर्व लक्षित बजाजको राष्ट्रिय निःशुल्क मोटरसाइकल चेक अप क्याम्प सुरु

प्रधानन्यायाधीश शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल लिगल कोअपरेशन’मा सहभागी हुन चीन प्रस्थान

सुनसरीमा गोली प्रहारबाट घाइते यादवको शल्यक्रिया, शरीरबाट गोली निकालियो

विपद् र सङ्कटका बेला पनि डिजिटल प्रणाली प्रभावकारी हुनुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

माथिल्लो त्रिशूली–१ आयोजनाबाट ११ जनाको शव निकालियो

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्दै बाँकी कार्यभार पूरा गर्नुपर्छ : प्रचण्ड

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका ९ नेताद्वारा पार्टी परित्याग

तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ

तीन दिनपछि बेँसीसहर–चामे सडक सञ्चालनमा

बीआरआई ग्लोबल साउथका लागि साझा लाभको महत्वपूर्ण परियोजना हो : नारायण दाहाल

चिलिमे जलविद्युत् केन्द्रमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

सुनचाँदीको मूल्य घट्यो

अख्तियारद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस

कृष्णभीरमा आजै काम सकिने, बिहीबारदेखि यातायात खुल्ने

भोटेकोशी बाढीपछि चिलिमेमा ३ शव फेला

विपद्को पूर्वचेतावनीका लागि एआई र भू–उपग्रह प्रविधि प्रयोग गरिने

नापी सर्वेक्षक घुससहित पक्राउ

प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

संघीय संसद्ले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्यायो

खोटाङमा बाँदर धपाउने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु

सरुवा भएका कर्मचारीलाई रमाना नदिने कार्यालय प्रमुख र लेखा प्रमुखको तलब रोक्का हुने

एल्गोरिदमिक उन्माद र विचारबाट भाग्दै गरेको लोकतन्त्र -शिशिर भण्डारी

       आज ‘नयाँ’ को नाममा जे बिकिरहेको छ, त्यो वैकल्पिक राजनीति भन्दा बढी एल्गोरिदमिक उत्तेजनाले उत्पादन गरेको राजनीतिक उपभोग हो। राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन शाह वा रवि लामिछाने जस्ता social media celebrity प्रतिको आकर्षणलाई केवल वैकल्पिक राजनीतिक उदय भनेर बुझ्नु वर्तमानबाट थकित आत्मसन्तुष्ट विश्लेषण मात्र हुन्छ। यो आकर्षण मूलतः व्यवस्थाप्रतिको गहिरो असन्तोष र पुराना दलप्रतिको आक्रोशको विस्फोट हो ।

भूमिका : नेपालको राजनीतिमा आज देखिएको ‘नयाँ भर्सेज पुरानो’ को बहस, अर्थात् ‘नयाँप्रतिको उन्माद’, कुनै राजनीतिक पुनर्जागरण होइन। यो विचारबाट भाग्दै गरेको समाजको सामूहिक चिच्याहट हो। राजनीतिक थकान, संस्थागत असफलता र एल्गोरिदमिक उत्तेजनाले जन्माएको भीडको शासन–आकांक्षा हो। यहाँ बहस छैन, प्रश्न छैन, विकल्पको मूल्याङ्कन छैन – छ त केवल आक्रोश, अविश्वास र तुरुन्त समाधानको भ्रम। यसलाई यसरी पनि बुझ्न सकिन्छ—यो वास्तवमा राजनीतिक विचारको बहस होइन; यो निराशा, आवेग र एल्गोरिदमिक उत्तेजनाले निर्माण गरेको भिडको लहर (rhythm) हो। यहाँ नीति गौण छ, सिद्धान्त बोझिलो छ, र लोकप्रियता वा सेलेब्रिटी नै योग्यता ठानिन्छ।
आज ‘नयाँ’ को नाममा जे बिकिरहेको छ, त्यो वैकल्पिक राजनीति भन्दा बढी एल्गोरिदमिक उत्तेजनाले उत्पादन गरेको राजनीतिक उपभोग हो। राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन शाह वा रवि लामिछाने जस्ता social media celebrity प्रतिको आकर्षणलाई केवल वैकल्पिक राजनीतिक उदय भनेर बुझ्नु वर्तमानबाट थकित आत्मसन्तुष्ट विश्लेषण मात्र हुन्छ। यो आकर्षण मूलतः व्यवस्थाप्रतिको गहिरो असन्तोष र पुराना दलप्रतिको आक्रोशको विस्फोट हो। तर चिन्ताको विषय के हो भने, यो आक्रोश क्रमशः विचारविहीन उत्साहमा रूपान्तरण हुँदैछ। राजनीति अब विचारले होइन, एल्गोरिदमले चल्दैछ।

आजको राजनीतिक बहस संसदमा कि यी ‘नयाँ’ भनिनेहरूप्रतिको आकर्षण आफैंमा प्रश्नयोग्य होइन। प्रश्नयोग्य कुरा त यो हो—यो आकर्षण किन विचार, नीति र संस्थागत उत्तरदायित्वभन्दा माथि राखिँदैछ? यस अर्थमा लोकतन्त्र अब मतले होइन, स्क्रोलले चल्दैछ। आज कुन मुद्दा राष्ट्रिय बहस बन्छ भन्ने निर्णय संसदले होइन, सामाजिक सञ्जालको एल्गोरिदमले गर्दैछ।
एल्गोरिदमले बहस खोज्दैन, उत्तेजना खोज्छ। त्यसैले यहाँ चर्को बोली पुरस्कृत हुन्छ, जटिल समस्या सरल नाराले छोपिन्छ। राजनीति नीतिको क्षेत्रबाट मनोरञ्जनमा झर्छ। असहमति ‘नकारात्मकता’ भनेर खारेज हुन्छ, आलोचना ‘पुरानो सोच’ को लेबलमा थन्किन्छ। यसरी बनेको भिड बहस खोज्दैन, समर्थन खोज्छ। लोकतान्त्रिक चेतनाको सट्टा fandom संस्कृति हावी हुन्छ। यही हो राजनीतिक उपभोग—जो सोच्दैन, केवल प्रतिक्रिया (reaction) दिन्छ र लिन्छ। जसले धेरै रियाक्सन ल्याउँछ, त्यही सत्य जस्तो देखिन्छ।

‘पुरानाले केही गरेनन्’ – इतिहासमाथिको निर्मम हिंसा:
‘पुरानाले केही गरेनन्’ भन्ने वाक्य आज सर्वाधिक लोकप्रिय राजनीतिक तर्क बनेको छ। यो भनाइ भावनात्मक रूपमा आंशिक सही लाग्न सक्छ, तर यो सबैभन्दा अल्छी राजनीतिक तर्क हो—र इतिहासमाथि गरिएको निर्मम हिंसा पनि।
यो भद्दा मजाकले न प्रमाण माग्छ, न विश्लेषण। यदि पुराना दलहरूले केही गरेकै होइनन् भने, आज अधिकारका साथ छाती फुलाएर प्रश्न गर्ने नागरिकलाई यो धरातलमा कसले उभ्यायो? अभिव्यक्ति स्वतन्त्रता कसरी आयो? मताधिकार र समावेशिता कसले सम्भव बनायो? संघीयता, लोकतन्त्र र मौलिक हक कुन टिकटकबाट झर्‍यो?
हिजोको वर्गीय, क्षेत्रीय, जातीय, लैङ्गिक, भाषिक, धार्मिक उत्पीडनबाट मुक्त हुँदै शिक्षा, स्वास्थ्य, गाउँका बाटो, पानी, बिजुली, स्कुल, हेल्थपोष्ट—यी सबै उपलब्धि आकाशबाट झरेका पक्कै होइनन्। यी तीनै राजनीतिक दलका संघर्ष, आन्दोलन र बलिदानको उपज हुन्। यी उपलब्धिहरू आकस्मिक थिएनन्; लामो राजनीतिक संघर्षको परिणाम हुन्।
तर आजको भिडले इतिहास होइन, आजको असफलता मात्रै देख्छ। सत्य के हो भने—पुराना दलहरू इतिहासमा प्रगतिशील थिए, तर वर्तमानमा आलसी, आत्मसन्तुष्ट र सत्तामुखी भए। तर असफलताले इतिहास मेटिँदैन, र इतिहास मेटेर भविष्य बन्दैन। समस्या इतिहासको अभाव होइन; समस्या इतिहासप्रति आजको पुस्ताको पहुँच र दलहरूको आत्मालोचनाको अभाव हो।

व्यक्ति पूजा: लोकतन्त्रको प्रवेशद्वार कि अन्त्य बिन्दु:
निराश समाज सधैं करिश्मातर्फ आकर्षित हुन्छ। स्पष्ट बोली, आक्रामक शैली र ‘डर नमान्ने’ छवि थाकेको समाजका लागि आकर्षक नायक हुन्छ। तर लोकतन्त्रको सबैभन्दा खतरनाक क्षण त्यही हो—जब व्यक्ति संस्थाभन्दा ठूलो देखिन थाल्छ।
लोकतन्त्रको मूल प्रश्न व्यक्ति होइन, संस्था हो।
यदि लोकप्रियता कानूनभन्दा माथि पुग्यो भने, संसदभन्दा सामाजिक सञ्जाल निर्णायक बन्यो भने, आलोचना देशद्रोहसरह ठानिन थाल्यो भने—त्यसको अन्त्य लोकतन्त्रमा होइन, भीडतन्त्रमा हुन्छ। इतिहासले बारम्बार देखाएको छ—जब राजनीति विचारबाट शून्य हुन्छ, तब करिश्माले शासन गर्छ। विचारशून्य राजनीति अन्ततः स्वतन्त्रतामाथि भारी पर्छ।

समाधान: कराएर होइन, प्रश्नमार्फत :
यो एल्गोरिदमिक भिडलाई कराएर होइन, होसियारीपूर्वक प्रश्नमार्फत सम्बोधन गर्न आवश्यक छ। यहाँ भावुकता मात्रै पर्याप्त छैन; कठोर निर्णय पनि चाहिन्छ। यतिबेलाको आवश्यकता न पुराना दलको अन्धरक्षा हो, न नयाँ एल्गोरिदमिक भिडको अन्धभक्ति। त्यसैले व्यक्ति होइन, नीति अनिवार्य बनाउने—‘को ठीक?’ होइन, ‘के गर्ने?’ भन्ने बहस चलाउने। एल्गोरिदमिक चेतना निर्माण – नागरिकले बुझ्नुपर्छ कि देखाइने सत्य नै सम्पूर्ण सत्य होइन । हरेक दल र नेता लिखित नीति प्रतिबद्धता र प्रगति सूचकमा बाँधिनुपर्छ।
एल्गोरिदमिक भ्रम तोड्न राजनीतिक शिक्षा प्रवाह गर्नुपर्छ। डिजिटल लिटरेसी अब वैकल्पिक होइन, लोकतान्त्रिक आवश्यकता हो। मिडिया र शिक्षाले ‘ट्रेन्ड’ र ‘सत्य’ को फरक नागरिकलाई सिकाउनैपर्छ।
पुराना दलका लागि आत्मसुधार कि राजनीतिक अवसान—पुस्तान्तरण अब भाषण होइन, संरचनामा देखिनुपर्छ। नसुध्रिने पुरानो स्वयं परिवर्तनको शत्रु बन्छ। यस अवस्थामा सबै दोष भिडलाई थोपरेर उम्किन मिल्दैन। पुराना दलहरूको असफलता स्पष्ट छ—सुशासनमा चुक, संस्थागत सुधारमा ढिलासुस्ती, पुस्तान्तरणमा अनिच्छा, आत्मालोचनाको अभाव।
तर समाधान पुरानोलाई गाली गरेर नयाँलाई देवत्वकरण गर्नु होइन। समाधान विचारयुक्त सुधार हो—व्यक्ति पूजा र अन्धविरोध होइन।
नयाँ शक्तिका लागि कडा संस्थागत परीक्षा आवश्यक छ—लोकप्रियता होइन, प्रक्रिया; नाराभन्दा कानुन; ‘हामी फरक छौं’ होइन, ‘हामी उत्तरदायी छौं’ भन्ने प्रमाण।

निष्कर्ष :
नयाँ राजनीतिक शक्ति आउनु लोकतन्त्रको खतरा होइन; सम्भावना हो। तर जब नयाँपन विचारविहीन हुन्छ र पुरानोपन आत्मसन्तुष्ट, तब लोकतन्त्र स्वयं संकटमा पर्छ। आजको बहस ‘पुरानो कि नयाँ’ होइन। आजको वास्तविक प्रश्न यो हो—के हामी लोकतन्त्रलाई विचारले चलाउनेछौँ, कि एल्गोरिदमले? यसको उत्तर चुनावी नतिजाले होइन, हामीले आज गर्ने बहसले तय गर्नेछ। यसको उत्तर नेताले होइन, हामी नागरिकले दिनेछौँ—हामी कुन प्रकारको राजनीति स्वीकार गर्छौँ भन्ने निर्णयबाट।
२०८२ माघ २५ गते

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय