काभ्रे :- काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २८औँ वार्षिक साधारणसभा आज सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभाबाट संघको नयाँ सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारीहरू निर्वाचित भएका छन्।
साधारणसभाले संघको अध्यक्षमा उदयराम कायस्थ र सचिव पदमा राजन अधिकारीलाई चयन गर्दै नयाँ नेतृत्वप्रति भरोसा व्यक्त गरेको छ। सहकारी अभियानमा लामो समयदेखि सक्रिय रहँदै आएका सचिब अधिकारीलाई संगठनात्मक क्षमता, पारदर्शी कार्यशैली र सदस्य–केन्द्रित सोचका कारण सचिव पदमा निर्बाचित गरिएको हो। सहकारी अभियानलाई संस्थागत, अनुशासित र नीतिगत रूपमा अघि बढाउन अधिकारीको भूमिका महत्वपूर्ण हुने अपेक्षा संघले गरेको छ।
साधारणसभाबाट उदयाराम कायस्थ संघको अध्यक्ष पदमा निर्वाचित भएका थिए भने उपाध्यक्ष पदमा निर्वाचन प्रक्रियाद्वारा निर्मला श्रेष्ठ निर्वाचित भएकी हुन। कोषाध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित हुनुभएको छ तेस्तै सञ्चालक समितिको महिला सदस्य पदमा चन्द्रा श्रेष्ठ चयन भएका छन। संघको सञ्चालक समितिका अन्य सदस्यहरूमा राजन सापकोटा, श्रीकृष्ण न्यौपाने, दिनोद सापकोटा र जान्दवी अधिकारी निर्वाचित भएका छन ।
यसैगरी, संघको लेखा समितितर्फ शिवप्रसाद अधिकारी लेखा संयोजक, नवराज के.सी. लेखा सदस्य तथा राजकुमार आचार्य लेखा सदस्यमा निर्वाचित भएका हुन ।
साधारणसभाको अवसरमा सहकारी अभियानको सुदृढीकरणमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सो अवसरमा सहकारी विषयमा निरन्तर कलम चलाउँदै आएका युवा पत्रकार अरबिन्द्र गौतमलाई नगदसहित सम्मान प्रदान गरिएको थियो । तेसै अवसरमा अन्य विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको छ ।
नव–निर्वाचित सचिव राजन अधिकारीले संघलाई विधिसम्मत, पारदर्शी र सदस्य–मैत्री बनाउँदै सहकारी संस्थाबीच समन्वय मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छ्न। उनले सहकारी अभियानप्रति आम नागरिकको विश्वास बढाउने गरी संघको सक्रिय भूमिका खेल्ने बताएका थिए ।
साधारणसभामा जिल्लाभरका सहकारी प्रतिनिधि, सरोकारवाला तथा अतिथिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले नयाँ नेतृत्व, विशेषगरी सचिव राजन अधिकारीप्रति भरोसा व्यक्त गर्दै सहकारी अभियानलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन ।



