ट्रेन्डिङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १७ अर्ब ९४ करोड रुपैयाँ मौज्दात

टेस्ला र स्पेसएक्सको प्रविधि समेटिएको नयाँ रोडस्टर सार्वजनिक

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

प्रहरी सङ्गठनलाई सक्षम र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

बजारमा सुनचाँदीको मूल्य उकालो लाग्यो

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत गरी आवागमन सहज बनाइयो

मन्त्रिपरिषद बैठक सिंहदरवारमा

कांग्रेस सहमहामन्त्री (महिलातर्फ) मा प्रतिमा गौतम निर्वाचित

आईपीयूको १५३औँ महासभामा सहभागी भएर सभामुख डीपी अर्याल स्वदेश फर्किए

रसुवा–भोटेकोशी बाढीका मृतकको सम्झनामा आयोजित विशेष घेवामा प्रचण्ड सहभागी

नेपाली मौलिक स्वादको प्रवर्द्धन गर्न भोलिदेखि तेस्रो ‘पक्कु फेस्टिभल–२०८३’

दसैँ–तिहारमा नेपाल टेलिकमको विशेष अफर, ४९९ रुपैयाँदेखि अनलिमिटेड प्याकेज

स्थानीय निर्वाचनको तयारीमा एमाले, वडा र पालिका अधिवेशनको मिति सार्वजनिक

वर्षाले बीपी राजमार्ग अवरुद्ध, लेदो हटाएपछि यातायात सञ्चालन

शिक्षकलाई सवारीसाधन खरिदमा ८० प्रतिशतसम्म ब्याज सहुलियत दिने तयारी

महँगो आवासले नेपालीको स्वास्थ्य र भविष्यका योजनामा असर

दशैंका लागि तम्घासमा भेडा–च्याङ्ग्रा भित्रिए, करिब एक सय वटा बिक्रीमा

दशैंका यात्रुका लागि आजदेखि बसको अग्रिम टिकट बुकिङ सुरु

कांग्रेस निर्वाचनमा स्वतन्त्र विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिलाई गगनको अपिल

सोलुखुम्बुबाट सर्वाधिक मतसहित आङ्गेलु शेर्पा निर्वाचित, कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा ।

सेयर बजारमा गिरावट, ४ अर्बभन्दा बढीको कारोबार

एलपी ग्यासको सम्भावित अभाव रोक्न सुरक्षा निकायलाई पनि बिक्री अनुमति दिने तयारी

जलवायु न्यायलाई प्राथमिकतामा राखेर राष्ट्रसंघ महासभामा नेपालको सहभागिता

आकर्षक तलबको प्रलोभन देखाएर साइप्रस पठाउने भन्दै ठगी, युवक पक्राउ

सुनचाँदीको मूल्य उकालो, सुन तोलामा ५ सय बढ्यो

रसुवा भन्सारका १४ कर्मचारी अझै बेपत्ता, परिवारलाई अर्थमन्त्रीको साथ रहने प्रतिबद्धता

भोटेकोशी र कालीगण्डकी करिडोरको विपद् अध्ययन गर्न राष्ट्रियसभाले विशेष समिति गठन

फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु

प्रतिनिधिसभाले आर्थिक विषयका तीन विधेयक समितिमा पठायो

निजामती सेवा सुधारका लागि नयाँ आधार तयार हुन्छ : मन्त्री रावल

सुन प्रतितोला २ लाख ९३ हजार ३ सय, चाँदी ४ हजार ४२५ रुपैयाँ

असोज १६ गते रातिदेखि संघीय संसदको अधिवेशन अन्त्य

नेप्से ४.८२ अंकले घट्यो, कारोबार ४ अर्ब ७६ करोड

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

इन्द्रजात्राको समापनमा राष्ट्रपति पौडेलले गरे कुमारी, भैरव र गणेशको दर्शन

सुक्खा पहिरोले कान्तिलोकपथ अवरुद्ध, हटाउन समस्या

जम्मु-कश्मीरमा सीआईएसएफ जवानको गोलीकाण्ड, चार जनाको मृत्यु

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी

मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक : स्वास्थ्यमन्त्री

झापाको बुद्धशान्तिका २६ परिवारले ३६ वर्षपछि पाए जग्गाधनी पुर्जा

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवद्वारा विदाई भेट

भारी वर्षाका कारण कांग्रेसको महाधिवेशन उद्घाटन असोज १८ गते हुने

मनाङको हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुग्यो, आठ जना अझै बेपत्ता

नेप्से परिसूचक १६ अंकले घट्यो, कारोबार रकम साढे पाँच अर्ब नजिक

काभ्रेमा डेङ्गीको जोखिम कायमै, सतर्कता अपनाउन स्वास्थ्य कार्यालयको आग्रह

संसद्मा महिला, बालबालिका र स्वास्थ्यसम्बन्धी विधेयक प्रस्तुत

बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

आपत्तिजनक अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा

सांगीतिक यात्रा विस्तार गर्दै रिया खत्रीले सार्वजनिक गरिन् ‘युके शहर’

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

आज सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९९ हजार ३ सय

पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यराति नियन्त्रणमा लिइएको घटनाप्रति शंकर पोखरेलको आपत्ति

लागुऔषधसहित काठमाडौँ उपत्यकाबाट पाँच जना पक्राउ

नारायणी नदीले पार गर्‍यो सतर्कता तह, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

होटल व्यवसायको प्रवद्र्धन र व्यवसायीका समस्या समाधानमा जोड

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

चीनले दक्ष जनशक्ति र पुँजी बाहिरिन रोक्न विदेश यात्रा नियम कडा बनायो

भारी वर्षाबीच कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन

बाढीबाट क्षतिग्रस्त रसुवाका पूर्वाधार पुनर्निर्माणमा चीनको सहयोग माग

लगातार वर्षापछि कृष्णभीर सडकखण्डमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

मनोहरामा पानीको बहाव बढेपछि च्यासल क्षेत्र अनुगमनमा पुगे गृहमन्त्री

जलाशयको सतह बढ्न नदिन कुलेखानीका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन

एसियाली खेलकुदमा अफगानिस्तानलाई हराउँदै नेपाल ५ विकेटले विजयी

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

तामाका भाँडा चोरी गरेको आरोपमा कीर्तिपुरबाट तीन जना पक्राउ

भोटेकोशी बाढीको संसदीय समितिमा राष्ट्रियसभाको प्रतिनिधित्व माग

२०औँ एसियाली खेलकुदमा पुरुष क्रिकेटका खेल आजदेखि सुरु

भारी वर्षाको सम्भावनापछि कास्कीमा उच्च सतर्कता, रात्रिकालीन यातायातमा रोक

संवैधानिक निकायका पदाधिकारीलाई दोहोरो सुविधा रोक्ने गरी कानुन बनाउँदैछौँ : मन्त्री गौतम

बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

ललितपुरको जावलाखेलमा पुरुष मृत फेला, सनाखत हुन सकेन

प्रतिनिधिसभाबाट भुक्तानी तथा फर्स्योट विधेयकलाई सैद्धान्तिक स्वीकृति

सुन प्रतितोला ३ लाख २ हजार २ सय, चाँदी ४ हजार ८१५ रुपैयाँ

विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको भूमिका बढाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सेयर बजारमा हरियाली, नेप्से २६५४ अंकमा

समुद्री जैविक विविधता सम्झौता अनुमोदनमा संसद् एकमत

सांसदहरूले उठाए बाढी उद्धार, न्यायालय सुधार र हवाई सुरक्षाका सवाल

श्रमिकको पारिश्रमिक र सामाजिक सुरक्षा कटौती हुने गरी सम्झौता नगर्न सर्वोच्चको आदेश

मतदाता नामावलीमा त्रुटि भए असोज १२ भित्र सच्याउन सकिने

भारी वर्षाको सम्भावना, बागमती सरकारले नागरिकलाई सावधानी अपनाउन भन्यो

३० लाख दिने भन्दै बोलाए, नक्कली नोट थमाएर ठगी गरेको आरोप

एमाले पुनर्निर्माण र लोकतन्त्र रक्षालाई प्राथमिकता : ओली

बस आगलागी घटनाको अनुसन्धान गर्न चार सदस्यीय समिति

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

एमाले केन्द्रीय सचिवालय बैठक सुरु, केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरिँदै

भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा करिब १५ अर्ब जम्मा

चाडपर्व लक्षित बजाजको राष्ट्रिय निःशुल्क मोटरसाइकल चेक अप क्याम्प सुरु

प्रधानन्यायाधीश शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल लिगल कोअपरेशन’मा सहभागी हुन चीन प्रस्थान

सुनसरीमा गोली प्रहारबाट घाइते यादवको शल्यक्रिया, शरीरबाट गोली निकालियो

विपद् र सङ्कटका बेला पनि डिजिटल प्रणाली प्रभावकारी हुनुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

माथिल्लो त्रिशूली–१ आयोजनाबाट ११ जनाको शव निकालियो

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्दै बाँकी कार्यभार पूरा गर्नुपर्छ : प्रचण्ड

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका ९ नेताद्वारा पार्टी परित्याग

तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ

तीन दिनपछि बेँसीसहर–चामे सडक सञ्चालनमा

बीआरआई ग्लोबल साउथका लागि साझा लाभको महत्वपूर्ण परियोजना हो : नारायण दाहाल

चिलिमे जलविद्युत् केन्द्रमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

ललितपुर लेलेका सनोज महत, धरानका हर्क साङपाङको शैलीमा ‘घरदैलो राजनीति’ सुरु ।

ललितपुर :- सडकको छेउमा टेन्ट गाडिएको छ। वरिपरि केही कुर्सी, हातमा माइक र अगाडि उभिएका छन लङकोट र बुट लगाएका एक व्यक्ति। उनी कुनै औपचारिक मञ्चमा होइनन्, न त झिलिमिली ब्यानर र नाराले सजिएको चुनावी सभामै। उनी छन् जनताको घरदैलोमा, बस्तीभित्र, जनताकै बीचमा। धरानका मेयर हर्क साङपाङले एक्लै टेम्पो चढेर सुरु गरेको चुनावी यात्राजस्तै, दक्षिण ललितपुरमा अहिले उस्तै शैलीमा देखिन थालेका छन्   समाजसेवी सनोज महत।

धरानमा हर्क साङपाङले अपनाएको ‘एक्लो तर जनमुखी’ राजनीतिले धेरैलाई चकित बनाएको थियो। माइक बोकेर, टेम्पो चढेर, आफ्नै आवाजमा आफ्नै कुरा राख्दै उनी चुनाव जित्न सफल भए। अहिले त्यही शैली ललितपुरको गोदावरी नगरपालिकामा देखिन थालेको छ। यहाँका स्थानीय नेता सनोज महतले पनि त्यही बाटो रोजेका छन्—जनतासँगै बस्ने, सुन्ने र प्रश्न गर्ने राजनीति।

बस्ती–बस्ती पुग्ने अभियान
सनोज महत हाल दक्षिण ललितपुर केन्द्रित अभियानमा छन्। उनी कुनै ठूला सभा वा नेताको भाषणमा सीमित छैनन्। उनी बस्ती पस्छन्, स्थानीयसँग संवाद गर्छन्, पर्चा बाँड्छन् र सार्वजनिक स्थानमै बसेर आफ्ना कुरा राख्छन्। बुधबार, बिहीबार उनी गोदावरी नगरपालिका वडा नं. १, गोदामचौरमा भेटिए। वडा कार्यालय नजिकै सार्वजनिक जग्गामा टेन्ट गाडेर बसेका महतले माइकमार्फत आफ्ना विचार सुनाए। वरपर भेला भएका स्थानीयसँग अन्तरक्रिया गरे, उनीहरूको गुनासो सुने।

उनको अभियान केवल भाषणमा सीमित छैन। उनी हरेक वडामा २४ घण्टा बस्ने योजना सुनाउँछन्। ललितपुर क्षेत्र नं. १ अन्तर्गत पर्ने चार पालिकाका ३० वटै वडामा पुग्ने तयारीमा छन्। “वडाको सार्वजनिक जग्गामा टेन्ट हालेर रात पनि त्यहीँ बिताउँछु,” उनी भन्छन्, “जनताले कस्तो समस्या भोगिरहेका छन्, प्रत्यक्ष देख्न र बुझ्न चाहन्छु।”

विद्यालयदेखि स्थानीय सरकारसम्म प्रश्न
महतको अभियानको एउटा मुख्य केन्द्रविन्दु बनेको छ—सामुदायिक विद्यालयमा देखिएका विकृति। पिपुल्स फस्ट पार्टीको नाममा भइरहेको यो अभियानमा उनले विद्यालयको व्यवस्थापन, पारदर्शिता र गुणस्तरमाथि प्रश्न उठाएका छन्। राजनीतिक दल र नेतृत्वले वर्षौंदेखि गरेको कामको आलोचना गर्दै उनी भन्छन्, “जनताको नाममा बजेट आउँछ, तर परिणाम कहाँ छ ?”

उनले विद्यालयमा अनियमितता देखिए सूचनाको हक प्रयोग गरेर कागजात माग्ने र सार्वजनिक गर्ने चेतावनी पनि दिएका छन्। “फण्डाफोर गर्छु,” उनी स्पष्ट शब्दमा भन्छन्, “किनभने यो राजनीति होइन, यो जनताको अधिकारको कुरा हो।”

‘निर्वाचनका लागि मात्र होइन’
आगामी फागुन २१ गते सङ्घीय निर्वाचन घोषणा भएको सन्दर्भमा महतको सक्रियतालाई धेरैले चुनावी तयारीका रूपमा हेरेका छन्। तर उनी स्वयं भने त्यसलाई अस्वीकार गर्छन्।
“निर्वाचन होला न होला, मलाई थाहा छैन,” उनी भन्छन्, “तर म आफ्ना कुरा जनतामा पुर्‍याउन चाहन्छु। यो अभियान चुनावका लागि मात्र होइन।”

उनका अनुसार उनले लामो समय राजनीति गरे। अब भने ३० दिन जनतासँगै बस्दै उनीहरूका दुःख–सुख बुझ्न चाहन्छन्। “लामो समय जनताका लागि राजनीति गरेँ,” उनी भन्छन्, “अब ३० दिन जनतासँग भिज्न निस्केको हुँ।”

को हुन् सनोज महत ?
सनोज महत गोदावरी नगरपालिका वडा नं. ५, लेलेका स्थायी बासिन्दा हुन्। उनको राजनीतिक यात्रा सरल छैन—सङ्घर्ष, जेल जीवन र वैचारिक उतार–चढावले भरिएको छ।

२०५८ सालमा पाटन कलेजमा आइए अध्ययन गरिरहेका बेला उनी तत्कालीन सरकारले आतंककारी घोषणा गरेको नेकपा (माओवादी) को भातृ संगठन अखिल क्रान्तिकारीमा आबद्ध थिए। त्यसै क्रममा ‘आतंककारी गतिविधिमा संलग्न’ भएको आरोपमा पक्राउ परे। पछि अदालतबाट सफाइ पाए। उनले २०६० सालमा सफाइ पाए पनि त्यसबीचको समय जेलमै बिताए—जहाँ बसेरै उनले आइए उत्तीर्ण गरे।

त्यसपछि अध्ययनका लागि भारत पुगे। २०६३ सालपछि माओवादी खुला राजनीतिमा आएपछि उनी पुनः सक्रिय भए। बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्ति पार्टीमा उनी ललितपुर जिल्ला प्रमुखसमेत बने। तर २०६८ सालपछि उनले सार्वजनिक रूपमै पार्टी त्यागे।

आज उनी आफूलाई कुनै दलको कार्यकर्ता वा नेता भन्न रुचाउँदैनन्। “म अहिले कुनै राजनीतिक गतिविधिमा सक्रिय छैन,” उनी भन्छन्, “कुनै राजनीतिक दर्शन बोकेर हिँडेको छैन। म विशुद्ध स्वतन्त्र हुँ।”

उनी विगततर्फ फर्केर हेर्दा भन्छन्—त्यो समय सचेतभन्दा बढी अचेत भएर राजनीतिमा लागेको रहेछु। तर अहिले भने उनी आफूलाई प्रश्न गर्ने, प्रणालीलाई चुनौती दिने र जनताको बीचमै बसेर कुरा गर्ने बाटोमा देखिन्छन्।

नयाँ शैली, पुरानो प्रश्न
धरानका हर्क साङपाङले देखाएको बाटो संयोग मात्र होइन, सम्भावना पनि हो। त्यही सम्भावनाको छायाँमा ललितपुरका सनोज महत अघि बढिरहेका छन्। प्रश्न एउटै छ—के यो शैलीले दक्षिण ललितपुरमा पनि उस्तै प्रभाव छोड्न सक्छ ? यसको उत्तर भने अब जनताले नै दिनेछन्।

यसै सन्दर्भमा उनले पुस ६ गते आइतबार ‘गफगाफ दक्षिण ललितपुरको कार्यक्रम गरी ललितपुरका क्रियाशील पत्रकारसँग साक्षात्कार कार्यक्रम समेत गरेर उनीहरुको राय लिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय