जनकपुर :- मधेस प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी हुन्। उनले जनकपुरबाहिरै विशेष कार्यक्रममार्फत शपथ प्रशस्ति गराएको बताइएको छ।
संविधानको धारा १६८(३) अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेता हुँदा सरोजकुमार यादव मधेस प्रदेशका नयाँ मुख्यमन्त्री बनेका हुन्।



