काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले महानगरका प्रवक्ता तथा वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरलाई स्पष्टीकरण सोधेका छन् ।
आज पत्रमार्फत स्पष्टीकरण सोधिएको प्रवक्ता मानन्धरले जानकारी दिए । स्पष्टीकरण सोध्नुको मुख्य कारण मेयर शाहको विरुद्धमा आवाज उठाउनु रहेको उनको भनाइ छ ।
‘केहि पनि विषय तोकिएको छैन । मैले अहिले बोलिरहेको विषयमा उहाँको आपत्ति रहेको बुझेको छु, यद्यपि पत्र मेरो हातमा परिसकेको छैन’ उनले भने ।
मेयर शाहले पाँच महिनादेखि कार्यपालिका बैठक बोलाउन नसकेको भन्दै चैत १० गते कार्यपालिका माग गर्दै कांग्रेसबाट निर्वाचित सबै वडाध्यक्षहरूले मेयर शाहलाई ज्ञापनपत्र बुझाएका थिए ।




