काठमाडौँ । चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो १० महिनामा वैदेशिक रोजगारीको सिलसिलामा युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेकामध्ये २६१ जना नेपालीको मृत्यु भएको छ ।
यूएईस्थित नेपाली दूतावासका अनुसार ०८१ साउन १ गतेदेखि ०८२ वैशाख मसान्तसम्मको अवधिमा यूएईमा उक्त संख्यामा नेपालीको मृत्यु भएको हो ।
दूतावासले सार्वजनिक गरेको विवरणअनुसार ०८१ साउनमा ३०, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३, माघमा २५, फागुनमा १७, चैतमा १७ र ०८२ वैशाखमा ३५ जना नेपालीको मृत्यु भएको छ ।
पछिल्लो १० महिनामा प्रत्येक महिना औसतमा २६ जनाभन्दा बढी नेपाली कामदारको मृत्यु यूएईमा भएको छ ।




