काठमाडौँ । बलिउडको प्रतीक्षित फिल्म ‘वार २’को धमाकेदार टिजर सार्वजनिक भएको छ ।
अभिनेता जुनियर एनटीआरको जन्मदिन अवसरमा मंगलबार सार्वजनिक टिजरले फिल्मबारे धेरै कुरा दर्शाउँछ ।
‘वार’को दोस्रो श्रृंखलाको टिजर समग्रमा ऋतिक रोशन भर्सेस ‘आरआरआर’ फेम्ड एनटीआरको लडाइ हो । यो फिल्म यशराज फिल्म्सको ब्यानरको जासुस ब्रम्हाण्डको एक हिस्सा हो ।
टिजरमा यो फिल्मका केही रोचक तर संक्षिप्त दृश्य समेटिएको छ । यो फिल्मबाट आफूलाई स्पाइ युनिभर्समा विस्तार गरिरहेको ब्यानर यशराजमा पहिलोपटक अभिनेत्री कियारा आड्वाणीले शीर्ष महिला अभिनेत्रीको रुपमा प्रस्तुत गरेकी छन् ।




