काठमाडौँ । फिल्म ‘ऊनको स्वीटर’ले पहिलो साता घरेलु बक्सअफिसमा सुखद कमाइ गरेको छ ।
यो फिल्म शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । विपिन कार्की र मिरुना मगर स्टारर फिल्मको पहिलो साताको कमाइ सुखद रह्यो ।
फिल्मले पहिलो साता देशब्यापी ४ करोड ४ लाख ७८ हजार २१० रुपैयाँ (विहिबार रातीसम्म) ग्रस कमाइ गरेको सरकारको आधिकारिक बक्सअफिसमा उल्लेख छ ।
दोस्रो सातादेखि फिल्मको शो संख्यामा केही गिरावट देखिएको छ । १९० शोसहित प्रदर्शनमा आएको फिल्मको दोस्रो शुक्रबारको शो संख्या ११५ शो छ ।




