काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थित कात्यायनी चोकमा जिपको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज कात्यायनीबाट भीमसेनगोला तर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०३१ च ९५६३ नम्बरको इसुजु गाडीले कात्यायनी चोकमा बस्ने ३ वर्षीय शिवांश झालाई ठक्कर दिएको थियो ।
भारत भएर कात्यायनी बस्दै आएका झाको उपचारको क्रममा केएमसी अस्पतालमा मृत्यु भएको हो । जिप चालक काठमाडौँ–३१ घर भएका रमेश कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।




