काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार सञ्चालनका विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीचमा कुनै समस्या नभएको बताएका छन् ।
आज सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कांग्रेस र एमालेबिचको समीकरण विघटन नभई थप सुदृढ हुने बताए ।
उनले भने,“ देश राजनीतिक स्थायित्व र सुशासन तर्फ अगाडि बढिरहेको छ । वर्तमान सरकारले विग्रेको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदै छ । शान्तिप्रक्रियाको बाँकी काम टुङ्ग्याउन लागिरहेको छ ।”




