काठमाडौँ । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ३५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ८१ हजार ८ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेर १९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




