काठमाडौं । विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७२ औँ संस्करण मंगलबारदेखि सुरु हुँदैछ ।
फ्रान्सको दक्षिणपूर्वी फ्रेन्च रिभिएरा क्षेत्रको कान्स सहरमा १३ देखि २४ मे सम्म महोत्सव आयोजना हुनेछ । कान्समा नेपालबाट फिल्म ‘एक्लो’ पुगेको छ । प्रतिस्पर्धामा छनोट नभए पनि कान्स फिल्म फेस्टिभल २०२५ का विभिन्न कार्यक्रममा नेपाली फिल्म ‘एक्लो’ सहभागी हुँदैछ ।
‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा सम्भवतः पहिलोपटक नेपाली फिल्मले स्टल नै खडा गरेर फिल्मलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबिच ‘पिचिङ’ गर्न लागेको हो ।
मे १३ देखि २१ सम्म हुने कान्स मार्केटमा ‘एक्लो’ का निर्माताहरू रितेश राना, संगीता श्रेष्ठ, भाइराजा थापा, राजु गुरुङ, उत्सव विष्ट कान्स मार्केटमा सहभागी हुनेछन् ।




