काठमाडौँ । फिल्म ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ ।
करिब ५ करोड लगानी लागत अनुमान गरेर निर्माणमा होमिएको निर्माण टिमले फिल्मको टाइटल सार्वजनिक गर्दै यस चलचित्रले प्रेम, सङ्घर्ष र साहसको अद्वितीय कथा नेपाली दर्शकमाझ प्रस्तुत गर्ने जानकारी दिएको छ ।
फिल्मको लेखन तथा निर्देशन पुराना निर्देशक रिम विश्वकर्माले गर्दै छन् । निर्देशक विश्वकर्माले यस चलचित्रलाई ‘ड्रिम प्रोजेक्ट’ को रूपमा लिएको बताए ।
रेडलाइन्स फिल्म प्रालिको ब्यानरमा निर्माण हुने यस फिल्मलाई पीबी थापाले एकल रूपमा लगानी गर्दै छन् ।




