काठमाडौँ । नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अन्तर्गत दोस्रो चरणको अभियानको खाका तयार पारेको छ ।
‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ जेठ महिनाभित्र सम्पन्न हुने गरी खाका तयार भएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
अभियानको खाका:
२०८२ जेठ १ गते बेलुका डडेलधुरा
२०८२ जेठ २ गते बैतडीको पाटनमा जनसभा र डोटी दिपायल जनसम्वाद
२०८२ जेठ ३ गते, अछाम मङ्गलसेन जनसंवाद
२०८२ जेठ ४ गते, दैलेख सदरमुकाम जनसभा
२०८२ जेठ ५ गते, जाजरकोट खलङ्गा जनसंवाद
२०८२ जेठ ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद
२०८२ जेठ ७ गते, पूर्वी रुकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थबाङमा जनसभा
२०८२ जेठ ८ गते बागलुङ जनसंवाद
२०८२ जेठ ९ गते पर्वत कुस्मा जनसंवाद
२०८२ जेठ १० गते कास्की (पोखरा) जनसभा




