२०८१ कार्तिक १८, आईतबार
लुम्बिनी प्रदेश :- महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली पक्राउ परेकी छिन । एकराज बस्नेतको घरमा पसेर बस्नेतकी श्रीमती र छोरीमाथि कुटपिट गरेकाे आराेपमा वली पक्राउ गरिएको हो ।
आज बिहान दाङको तुलसीपुर उपमहानगरपालिका-५ बसपार्क लालुमण्डीे पछाडि रहेको बस्नेतको घरमा पुगेर वलीले मिना भण्डारी बस्नेत र उनकी तीन वर्षीया छोरीमाथि कुटपिट गरेकी हुन् । मन्त्री आफैँ अर्काको घरभित्र पसेर महिला र नाबालिग छोरीमाथि कुटपिट गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ । आरोपित राज्य मन्त्री वलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले समातेको छ । वलीका श्रीमान् तत्कालीन प्रदेश सभा सदस्य उत्तरकुमार वलीको गाडी दुर्घटनामा परि ज्यान गएकाे थियाे । वली उपचुनावमा नेकपा एमालेबाट निर्वाचित भएकी हुन् । केही समय पहिले राज्य मन्त्री वली र मीनाका पति एकराज बस्नेत बीचको प्रेम प्रसङ्ग बाहिरिएको थियो ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९