चितवन :- चितवनको दासढुंगास्थित नारायणगढ–मुग्लिङ सडक खण्डमा म्याजिक र स्कार्पियो एकआपसमा ठोक्किँदा आठ जना घाइते भएका छन्।
मंगलबार भएको दुर्घटनामा दुवै सवारी साधनमा सवार यात्रुहरू घाइते भएका हुन्। घाइतेहरूको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि दुवै सवारीका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान थालिएको छ।










