काठमाडौँ :- संसदीय सुनुवाइ समितिबाट अनुमोदित प्रधान न्यायाधीश मनोजकुमार शर्माले आजै पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ६:१० बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ। शपथपछि उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम पनि रहेको छ।
संघीय संसद्को संसदीय सुनुवाइ समितिले मंगलबार दिउँसो डा. शर्माको नाम प्रधान न्यायाधीशमा सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो।




