काठमाडौँ :- पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका–८ स्थित खरकट्टा जङ्गल क्षेत्रमा आज कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु१च ३५२३ नम्बरको कार अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा महोत्तरीको मटिहानी नगरपालिका–३ निवासी ६० वर्षीय श्रीनारायण यादव गम्भीर घाइते भएका थिए ।
उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल लगिएका यादवको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।




